रिटर्नी फेडेरेसन झापाको दोस्रो अधिवेशनबाट अध्यक्षमा चुडाल

बिर्तामोड, माघ १४
रिटर्नी फेडेरेसन नेपाल झापाको दोस्रो जिल्ला अधिवेशनबाट भानुभक्त चुडाललाई अध्यक्ष चुनेर सर्वसहमतिमा नयाँ कार्यसमिति चयन गरेको छ ।

 

सोमबार बिर्तामोडमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा प्रेमप्रसाद चापागाईं र गोमा न्यौपाने, सचिवमा श्रीप्रसाद न्यौपाने, सहसचिवमा बलराम अर्याल र बालकृष्ण खनाल र कोषाध्यक्षमा लेखनाथ दाहाल चुनिनु भएको छ । भूगोलतर्फका सदस्यहरुमा हरिकुमार पुरी, भोजकुमारी खनाल, सन्तोष पराजुली, बुद्धिप्रसाद गौतम, पर्शुराम दाहाल, हिन्दबहादुर बुढाथोकी, राजकुमार श्रेष्ठ, डिल्लीराज उप्रेती, महिलामा तारा शिवाकोटी, इका विजयन्ती पौडेल, अपांगता भएकाबाट शेरबहादुर तामाङ, प्रवासबाट पेशल बराल सदस्य चयन हुनु भएको छ भनें भूगोल कतिपय पालिकाबाट सदस्य चयन गर्न बाँकी रहेको छ ।

फेडेरेसनका केन्द्रीय महासचिव जेपी सापकोटाको ्रमुख आतिथ्यताको उद्घाटन सत्रमा एमाले पार्टीका केन्द्रीय सदस्य एवन् जिल्ला इञ्चार्ज रोमनाथ ओली, प्रमुख वक्ताका रुपमा फेडेरेसनका उप महासचिव भरत सिवाकोटीसहितले फेडेरेसनको योगदानको सरकारले मूल्यांकन गर्नुपर्ने लगायतका धारणा राख्नु भयो । कार्यक्रममा एमालेका प्रदेश र जिल्ला तहका नेताहरु, संघठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

१५ पालिका मध्ये १२ वटा पालिकाबाट आएका प्रतिनिधिहरु सहभागी कार्यक्रममा तात्कालिन सचिव भूमिराज पराजुलीले सांगठानिक र कोषाध्यक्ष गोमा न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । तात्कालिन अध्यक्ष अम्बिका दाहालको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ

बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार

जेनजी आन्दोलनको क्षति : ऐतिहासिक भवन पुनर्निर्माण अन्योलमा

काठमाडौं,३ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमल स्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित

उदयपुरमा हुरी : दुईको मृत्यु, छ जना घाइते

उदयपुर,३ चैत। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल

“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु