बिर्तामोड, माघ १४
रिटर्नी फेडेरेसन नेपाल झापाको दोस्रो जिल्ला अधिवेशनबाट भानुभक्त चुडाललाई अध्यक्ष चुनेर सर्वसहमतिमा नयाँ कार्यसमिति चयन गरेको छ ।
सोमबार बिर्तामोडमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा प्रेमप्रसाद चापागाईं र गोमा न्यौपाने, सचिवमा श्रीप्रसाद न्यौपाने, सहसचिवमा बलराम अर्याल र बालकृष्ण खनाल र कोषाध्यक्षमा लेखनाथ दाहाल चुनिनु भएको छ । भूगोलतर्फका सदस्यहरुमा हरिकुमार पुरी, भोजकुमारी खनाल, सन्तोष पराजुली, बुद्धिप्रसाद गौतम, पर्शुराम दाहाल, हिन्दबहादुर बुढाथोकी, राजकुमार श्रेष्ठ, डिल्लीराज उप्रेती, महिलामा तारा शिवाकोटी, इका विजयन्ती पौडेल, अपांगता भएकाबाट शेरबहादुर तामाङ, प्रवासबाट पेशल बराल सदस्य चयन हुनु भएको छ भनें भूगोल कतिपय पालिकाबाट सदस्य चयन गर्न बाँकी रहेको छ ।
फेडेरेसनका केन्द्रीय महासचिव जेपी सापकोटाको ्रमुख आतिथ्यताको उद्घाटन सत्रमा एमाले पार्टीका केन्द्रीय सदस्य एवन् जिल्ला इञ्चार्ज रोमनाथ ओली, प्रमुख वक्ताका रुपमा फेडेरेसनका उप महासचिव भरत सिवाकोटीसहितले फेडेरेसनको योगदानको सरकारले मूल्यांकन गर्नुपर्ने लगायतका धारणा राख्नु भयो । कार्यक्रममा एमालेका प्रदेश र जिल्ला तहका नेताहरु, संघठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
१५ पालिका मध्ये १२ वटा पालिकाबाट आएका प्रतिनिधिहरु सहभागी कार्यक्रममा तात्कालिन सचिव भूमिराज पराजुलीले सांगठानिक र कोषाध्यक्ष गोमा न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । तात्कालिन अध्यक्ष अम्बिका दाहालको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।