"सन्दर्भ सहिद दिवस"

सबै पक्ष इमान्दारितापूर्वक अग्रसर हुनु पर्नेमा राष्ट्रपति पौडेलको जोड

काठमाडौं, माघ १६
राष्ट्रपति रामचन्द्र पौडेलले महान् सहिदहरुको बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्‌षा पूरा गर्ने बाटोतर्फ सबै पक्ष इमान्दारितापूर्वक अग्रसर हुनु पर्नेमा जोड दिनु भएको छ ।

 

सहिद दिवसका अवसरमा बुधबार विहान शुभकामना वक्तत्व प्रकाशित गर्दै विकास र समृद्धिको आकांक्षा पूरा गर्ने बाटोतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भएको छ ।

 

सो अवसरमा राष्ट्रपति पौडेलले सहिदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै त्यस्तो आकांक्षालाई साकार बनाउन यो दिवसले थप प्रेरणा प्रदान गर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

Share: