दमक, माघ १६
हाल देशमा पश्चिमी वायुको प्रभावका कारण बुधबार कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हल्का हिमपात हुने सम्भावना रहेको छ ।
बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली भएको छ । तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका बाँकी भूभागमा मौसम भने मुख्यतया सफा रहेको महाशाखाले बुलटिनमा उल्लेख गरेको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि संभावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा भनिएको छ ।