हिमालय माविको ६९ औं वार्षिकोत्सव

कक्षा ६ र ७ का विद्यार्थीले बनाए बिजुलीको एलईडी बल्ब

दमक, माघ १६
कोशी प्रदेशको उत्कृष्ठ शैक्षिक संस्था भापाको दमक २ स्थित हिमालय माद्यमिक विद्यालयमा कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरुले प्रविधिमा नयाँ काम गरेका छन् । सो बिजुलीको एलईडी बल्ब बनाएका छन् । बल्बको नाम ‘एचएसएस’ राखिएको छ ।

 

‘एक विद्यालय एक उद्यम’ कार्यक्रम अन्तगर्त यहाँ विद्यार्थीहरुलाई बल्भ बनाउने तालिम प्रदान गरिएको थियो । विद्यार्थीहरुले बल्बको बिक्रीकालागि पठाउनु अघि विद्यालयको ६९ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमार्फत उद्धघाटन गराएका छन् ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले विद्यालयको बाटो उत्तरमा रुद्रराज घिमिरे, अम्बिका घिमिरे र युवराज घिमिरेले दान दिनु भएको जग्गामा निर्माणाधीन अवस्थाकाके क्रिकेट मैदानको समेत उद्घाटन गर्नुभयो । सोमबारदेखिको वार्षिकोत्सव कार्यक्रम अन्तर्गत विद्यार्थीहरु आफैंले तयार गरेर ‘फूड फेस्टिभल’का रुपमा प्रस्तुत बिभिन्न परिकारहरुको प्रदर्शनीको पनि मुख्यमन्त्री कार्कीले अवलोकन गरेपछिको मन्तव्यमा उहाँले भन्नुभयो ‘देशका प्रतिष्ठित व्यक्तिहरु उत्पादन गरेको शिक्षामा कोशीकै गुणस्तरीय ऐतिहासिक विद्यालयले विद्यार्थीहरुलाई सीपसँग जोडेर व्यवहारिक ज्ञानसमेत दिएर विद्यालय अझै अब्बल बनेको पाइयो ।’

 

‘सीप सहितको शिक्षा अवको आवश्यकता’ भन्ने सामाजिक मान्यतालाई स्थापित गर्न विद्यालयले गरेको प्रयासको मुख्यमन्त्रीले मात्रै नभएर अन्य आमन्त्रित अतिथिहरुले पनि प्रशंसा गर्नु भयो । समाजको रोल मोडलको रुपमा विद्यालय अघिबढिरहेको भन्दै हिमालय माविको थप प्रगतिको कामना गर्दै ढुकुरपानी मावि दमकका प्रधानाध्यापक कृष्ण भण्डारीले भन्नु भयो ‘यहाँबाट अन्य विद्यालयहरुले सिक्नुपर्ने कुरा धेरै छन् ।’

 

विद्यालयको गरिमा बढिरहेको छ । यहाँका विद्यालर्थीहरु आधुनिक ढंगबाट शिक्षा ग्रहण गर्छन् । सीप र शिक्षालाई सँगसँगै अघि बढाइएको छ । सो विद्यालयमा कक्षा १२ सम्म अध्ययन गरेका विद्यार्थीहरुले आफ्‌नो सीपमूलक दक्षता समेत देखाउनसक्ने र गरीखान सक्ने जनशक्तिको उत्पादन हुन थालेको उल्लेख गर्दै विद्यालयका सल्लाहकार संयोजक एवम् सामाजिक तथा राजनीतिक अगुवा शेरबहादुर भट्टराईले भन्नुभयो ‘यो सबै सफलता विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावक, सामाजिक र राजनीतिक साथ र समर्थनबाट मात्रै सम्भव भएको हो । विद्यालययको बढोत्तरीमा सबै पक्ष अझै एकजुट भएर लाग्न आवश्यक छ ।’

 

कोशी प्रदेशभरी रहेका निजी हुन वा सामुदायिक सबै खाले विद्यालयको भन्दा गुणस्तरीय शिक्षा दिन आफु अब्बल बनेको विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले बताउनु भयो । अन्य क्षेत्रका सामुदायिक विद्यालयले अभिभावक सहयोग भनेर हजारौ रकम लिने गरेको भएपनि आफूहरुले दरबन्दी अभावको अवस्थामाम वर्षमा एक पटक ६ हजार पाँच सय रुपैँया अभिभावक शुल्क लिएर गुणस्तरीय शिक्षा प्रदान गर्न सकेको उहाँको भनाई छ । निजी विद्यालयमा ८० प्रतिशत ल्याएका विद्यार्थीलाई यहाँ ६० प्रतिशत अंक मात्रै ल्याउने विद्यार्थीले पनि क्षमतामा उछिन्ने उहाँले दाबी गर्नुभयो ।

 

विद्यालय अव कसरी अघि बढ्छ भन्नेबारेमा यहाँ रणनीतक योजनाहरु बनेका छन् । विद्यालयका आवश्यकता पुरा गर्दै अधिकतम विद्यार्थीले निःशुल्क सीप सहितको शिक्षा प्राप्त गर्न पाउनु पर्छ भन्ने ढंगबाट कार्यक्रमहरु गर्ने योजना विद्यालयले बनाइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ ओलीले उल्लेख गर्नुभयो । साथै सो विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष केदारनाथ घिमिरेले पनि विद्यालयको शिक्षाको गुणस्तर र भौतिक व्यवस्थापनसहितका पक्षमा आफूहरुले समेत रचनात्मक साथ दिएर विद्यालयले गति लिएको धारणा राख्नु भयो ।

 

कार्यक्रममा, विद्यालयका पूर्व प्रधानाध्यापक विदुरप्रसाद खतिवडाकासाथै समाजसेवी ऐश्वर्य तिम्सिना, इन्जिनियर अनन्त सेनेहाङ, विद्यालय कर्मचारी खड्गनारायण गुरागाईं र लक्ष्मीप्रसाद लुईटेल तथा क्रिकेट मैदानका दग्गादातालाई सम्मानित गरिएको छ । यसकासाथै विज्ञान विषयका संयोजक शिक्षक चुडामणि गुरागाईं, प्राविधिक धारका संयोजक रणवीरकुमार सिंह र विज्ञान शिक्षकलाई उत्कृष्ठ शिक्षकका रुपमा नगदसहितले पुरस्कृत गरिएको छ । यसकासाथै हर्कमान चमेली प्रधान स्मृति छात्रबृत्ति कोषबाट ५ जनालाई ६० हजार छात्रबृत्ति प्रदान गरिएको छ । दिवस दाहाल छात्रबृत्ति कोषबाट २ जनालाई ६,६ हजार प्रदान भएको छ । खाना प्रदर्शनीमा राखेका उत्कृष्ट विद्यार्थीहरुलाई समेत पुरस्कृत गरियो ।

 

 

कार्यक्रमको अवसरमा ओम शान्ति डेण्टल हस्पिटलले निःशुल्क दन्त शिविर, रेडक्रस दमकको प्राविधिक सहयोगमा रक्तदान समेत सञ्चालन भएको थियो । कार्यक्रममा महिला शिक्षक र विद्यार्थीहरुले आकर्षक नृत्य तथा शिक्षकबाट गीत समेत प्रस्तुत गरिएको थियो ।

 

वि.सं. २०१२ सालमा स्थापना भएको सो विद्यालयले वार्षिकोत्सवका सन्दर्भमा पहिलो दिन हिमालय सिङ्गिङ तथा डान्सिङ आइडल सम्पन्न गरेर विद्यार्थीहरुलाई सृजनशील बन्ने कुरामा प्रोत्साहित गर्‍यो । कक्षा १२ सम्मको सो विद्यालयमा ३ हजार ५ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा

यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते

एजेन्सी , असोज ३०। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा