पथरी, माघ १७
नेपाल खेलकुद महासंघ पथरीशनिश्चरे नगर कमिटीको आयोजनामा पथरीको रत्नचौकमा रहेको सहिद रत्नकुमार वान्तवा स्मारकमा दिपप्रज्वलन गरिएको छ ।
सो अवसरमा सहिद वान्तवा लगायत देशको व्यवस्था परिर्वतनकालागि भएका विभिन्न आन्दोलनमा वीरगती प्राप्त गरेका सहिदको सम्झनामा बुधबार साँझ सो कार्यक्रम गरिएको महासंघ सचिव अर्जुन काफ्लेले जनाउनु भयो ।
दिप प्रज्वलन अघि स्मारकको सफाइ तथा नेपालको राष्ट्रिय झण्डा नयाँ राखिएको थियो । सो कार्यक्रममा पथरीशनिश्चरेका नगरप्रमुख मोहन तुम्वापो, पूर्व नगरप्रमुख दिलीप कुमार राई, नेपाल खेलकुद महासंघका जिल्ला अध्यक्ष सितल राया, नेकपा एमाले पथरीशनिश्चरे नगर अध्यक्ष रमेश दाहाल, नगरको ८ नम्बर वडा अध्यक्ष नवीन कार्की लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम महासंघ नगर अध्यक्ष दिवस खजुमको अध्यक्षतामा सम्पन्न भयो । महासंघको नगर कमिटी गठनपछिको यो पहिलो औपचारिक कार्यक्रम हो ।