राष्ट्रिय युवा संघ दमक नगरमा खतिवडा

दमक, माघ १७
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको नवौं नगर अधिवेशनबाट अध्यक्षमा छवि खतिवडासहित ४७ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ ।

 

जसको उपाध्यक्षमा. विजय तामाङ, सचिवमा कमल गैरे, सहसचिवमा अमिर न्यौपाने र इन्द्रकला पण्डित, कोषाध्यक्षमा सन्दिप तामाङसहित सदस्यहरु चयन भएको सचिव गैरेले जनाउनु भयो ।

 

कमिटीले दमकमा युवाहरुका सवालमा सक्रिय गतिविधि गर्दै युवा अधिकारसहित नगरको समग्र समृद्धिमा बल पुर्‍याउने योजना अघि सार्ने नवनिर्वाचित अध्यक्ष खतिवडाले बताउनु भयो ।

Share: