सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको १६ औं वार्षिक साधारणसभा

पथरी, माघ १७
नयाँ समिति चयन, सम्मान /पुरस्कार  तथा वनभोज कार्यक्रमसहित सहकारी कर्मचारी संगठन पथरी शनिश्चरे मोरङको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
पथरी शनिश्चरे १० स्थित सिरीजङ्गा धार्मिक स्मृति वन तथा पर्यटकीय स्थलमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्क कोशी प्रदेश प्रमुख प्रभु पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

 

सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेका अध्यक्ष गणेशकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनकी कोषाध्यक्ष इन्दिरा बुढाथोकीले आर्थिक वर्ष २०८१ को आर्थिक प्रतिवेदन तथा आव २०८१ /०८२ को प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो ।

 

संगठनको आगामी ३ वर्षे कार्यकालका लागि पुनः गणेश वाछना राई अध्यक्ष पदमा निर्वाचित बन्नु भएको छ । उपाध्यक्षमा मनकामना साकोसका व्यवस्थापक दीपक अधिकारी, कोषाध्यक्षमा पथरी शनिश्चरे साकोसकी व्यवस्थापक इन्दिरा बुढाथोकी तथा सदस्यहरू आइतकुमारी तुम्वापो, कल्पना थापा मगर, पुण्यप्रसाद बराल, बालकृष्ण पोख्रेल, डिकबहादुर खड्का लगायत सर्वसम्मत निर्वाचित बन्नुभयो ।

 

सो अवसरमा राष्ट्रिय सहकारी बैङ्क उर्लाबारी शाखा प्रमुख विवेक रिजाल, जिल्ला बचत तथा ऋण सहकारी लिमिटेड मोरङका व्यवस्थापक केदारनाथ दुलाललगायतको आतिथ्यता रहेको थियो ।

Share: