बिर्तामोड नगरका दुई कर्मचारी आपत्तिजनक अवस्थामा होटलबाट पक्राउ

बितोमोड, माघ १७
अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब  र एक महिला कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा सिनियर अहेब दीपक सापकोटालाई प्रहरीले बिहीबार शिवसताक्षी–१० दोमुखाको एक होटलबाट पक्राउ गरेको हो । स्वास्थ्य शाखाकी ती महिला कर्मचारीका श्रीमानले स्वास्थ्यकर्मी सापकोटा र आफ्‌नी श्रीमतीलाई फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

प्रहरीले सापकोटा र ती महिलालाई होटलबाट नियन्त्रणमा लिएर घटनाको अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय झिलझिले लगिएको माईधार प्रहरी पोष्टका इञ्चार्ज मनपुर चौधरीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ ।

Share: