दमक उद्योग वाणिज्य संघको ३३ औं वार्षिक साधारणसभा

दमक, माघ १८
दमक उद्योग वाणिज्य संघको शुक्रबार ३३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

संघको सभाहलमा आयोजित साधारणसभाको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले उद्घाटन गर्नुभयो । उहाँले व्यवसायिक हकहितका लागि सरकारले थप ध्यान दिनुपर्ने धारणा राख्नु भयो ।

 

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं गोपालले व्यवसायिक हकहितका लागि संघबाट हरतरहले काम गर्ने प्रयत्न भइरहेको जनाउनु भयो ।
अध्यक्षकातर्फबाट प्रस्तुत भिडियो प्रतिवेदनमा संघको इतिहास र भएका गतिविधिको संक्षिप्त जानकारी गराइएको छ । झापा उद्योग वाणिज्य संघको शाखाका रुपमा २०३५ सालमा खडा भएको संघ ०४७ मा नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता लिएर छुट्टै संस्थाका रुपमा अघि बढ्न पुग्यो । ०५८ मा इलम प्रशिक्षण केन्द्रको जग्गा प्राप्तिपछि इलम सम्बन्धी तालिमका गतिविधि अघि बढेको जनाइएको छ ।

 

संघका बरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक राजु खड्काले सहभागिलाई शव्दले स्वागत गर्दै ६ हजार बढी सदस्यको एकतामा संघ दर्बिलो बन्दै गएको जनाउनु भयो ।
सो अवसरमा बिक्रमकुमार शाहसहितका हालसम्मका १३ जना आजिवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको छ ।

 

कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठसहित विभिन्न संघ, संस्था र पार्टी प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।