निःसन्तानको उपचारमा कोपिला फर्टिलिटीको सुरुवात

दमक, माघ २०
सन्तान उत्पादनमा समस्या भएका दम्पतीहरुको प्राकृतिक सहितको उपचार तथा परामर्शकालागि झापाको दमक ६ मा फर्टिलिटी क्लिनिक सञ्चालनमा आएको छ ।

 

लाइफलाइन अस्पतालमा कार्यरत प्रजनन् विशेषज्ञका रुपमा गाइनोजोजिष्ट डा. सीता राईले जेसीज चोक उत्तर फर्निचर लाइनमा ‘कोपिला फर्टिलिटी एण्ड वुमन क्लिनिक’मार्फत निःसन्तानहरुको उपचार थालेको आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको छ । प्रजनन् समस्यालाई प्राकृतिकसहित आधुनिक उपचार गरेर व्यक्तिगत हेरचाह र महिलाका समस्यालाई समाधान गर्ने हिसावले सेवा सुरु गरेको डा. राईले जनाउनु भयो ।

 

गत मंसिर २७ गतेबाट सुरु भएको क्लिनिकमा महिलाको अण्डा र पुरुषको बिर्यको बृद्धि तथा उपचार प्राकृतिक तबरले गर्ने र अन्तिम उपायका रुपमा आइबीएफ उपचार गर्ने अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो । पाठेघरको एक्सरे (टीबीएस), पाठेघरको मुखको क्यान्सरको जाँच गर्ने काम समेत हुने गरेको बताउनु भयो ।

 

दमकको किओच बाल अस्पतालमा कार्यरत सीताका पति डा.सन्तोष खत्रीले निःसन्तान दम्पतीले उपचारकालागि भारतसम्म जान नपरोस् भन्नकालागि यो खाले सेवा सुरु गरेको धारणा राख्नु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा

यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते

एजेन्सी , असोज ३०। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा