निःसन्तानको उपचारमा कोपिला फर्टिलिटीको सुरुवात

kopila fartility

दमक, माघ २०
सन्तान उत्पादनमा समस्या भएका दम्पतीहरुको प्राकृतिक सहितको उपचार तथा परामर्शकालागि झापाको दमक ६ मा फर्टिलिटी क्लिनिक सञ्चालनमा आएको छ ।

 

लाइफलाइन अस्पतालमा कार्यरत प्रजनन् विशेषज्ञका रुपमा गाइनोजोजिष्ट डा. सीता राईले जेसीज चोक उत्तर फर्निचर लाइनमा ‘कोपिला फर्टिलिटी एण्ड वुमन क्लिनिक’मार्फत निःसन्तानहरुको उपचार थालेको आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको छ । प्रजनन् समस्यालाई प्राकृतिकसहित आधुनिक उपचार गरेर व्यक्तिगत हेरचाह र महिलाका समस्यालाई समाधान गर्ने हिसावले सेवा सुरु गरेको डा. राईले जनाउनु भयो ।

 

गत मंसिर २७ गतेबाट सुरु भएको क्लिनिकमा महिलाको अण्डा र पुरुषको बिर्यको बृद्धि तथा उपचार प्राकृतिक तबरले गर्ने र अन्तिम उपायका रुपमा आइबीएफ उपचार गर्ने अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो । पाठेघरको एक्सरे (टीबीएस), पाठेघरको मुखको क्यान्सरको जाँच गर्ने काम समेत हुने गरेको बताउनु भयो ।

 

दमकको किओच बाल अस्पतालमा कार्यरत सीताका पति डा.सन्तोष खत्रीले निःसन्तान दम्पतीले उपचारकालागि भारतसम्म जान नपरोस् भन्नकालागि यो खाले सेवा सुरु गरेको धारणा राख्नु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन