कांक्राको बीउ बेचेर वर्षको ६ करोड बढी आम्दानी

पर्वत, माघ २२
नेपालमा कृषिमा सम्भावना छैन भन्ने भाष्य निर्माण भइरहेका बेला पर्वतको फलेवास नगरपालिका–११ पाङ्राका कृषकहरुले काँक्रोको बीउ बिक्री गरेर छ करोड आम्दानी गरेका छन् ।

 

विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दैआएका त्यहाँका कृषक सूर्यबहादुर कुँवरको अगुवाईका कृषकहरुले यसवर्ष त्यसबाट छ करोड ३० लाख आम्दानी गर्न सफल भएका हुन् ।

 

कुँवरको नेतृत्वमा २०५७ मा नारायणस्थान बीउ उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा बीउ उत्पादनमा लागेका कृषकले यस वर्ष ६३ क्विन्टल काँक्रोको बीउ उत्पादन गरेका छन् । प्रतिकिलो १० हजारका दरले बिक्री गर्दा ६ करोड ३० रुपैयाँ हात परेको कृषक बाबुराम भुसालले जानकारी दिनुभयो । सुरुमा आठ सयका दरले बिक्री गरेका कृषकले अहिले मूल्य वृद्धि भएर १० हजारमा बिक्री गर्दै आएका छन् ।

 

 

गत वर्ष ७० क्विन्टल बीउ उत्पादन भएकामा यस वर्ष ६३ क्विन्टल मात्र भएको हो । गत वर्ष त अझ सात करोड आम्दानी भएको थियो । कृषकले भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्र्द आएका हुन् ।

 

Share: