ग्राहकको मन जित्दै व्यवसायिक व्यस्ततामा रीता कस्मेटिक

rita

दमक, माघ २२
पसलमा ग्राहकको दैनिक भीडभाड हुन्छ । अर्थात सामान दिन भ्याइनभ्याई हुन्छ । सुभाष मजुमदारले विगत २५ वर्षदेखि चलाउँदै आएको व्यवसायमा यो बेला उहाँकी श्रीमती रीता र अन्य ३ जना कर्मचारी सामान दिन र पैसा लिन निकै व्यस्त हुने गरेको दृष्य देख्न सकिन्छ ।

 

निकै मेहनत गरेर व्यवसायलाई दर्बिलो बनाइरहने काममा तल्लिन भएका मजुमदार परिवारले दमक ६ स्थित पशुहाट उत्तर लेखनाथ चोकमा सञ्चालन गरेको ‘रीता कस्मेटिक होलसेल पसल’ विशेषगरी कस्मेटिक सामानकालागि रोजाईकोस्थल बन्दै आएको छ ।

 

कस्मेटिककी सञ्चालक रीता मजुमदारले व्यवसायमा टाढादेखि नै ग्राहक आउने गरेकाले व्यस्तता रहेको उल्लेख गर्नुभयो । त्यहाँ मुख्य रुपमा कस्मेटिक र त्यसका अलावा महिलाका भित्री बस्त्र, विहेकालागि सजावटका सामान चस्मा, पेटीसहितका गुणस्तरीय सामान सुपथ मूल्यमा पाइने हिसावले ग्राहकको रोजाईमा परेको देखिएको छ ।
नजिकका ग्राहकको त रोजाईकोस्थल बन्यो बन्यो, टाढादेखि समेत यहाँ वषौैंदेखि सामान किन्न आउनेहरु समेत छन् ।

 

झापामात्र नभएर इलाम, मोरङ र सुनसरी समेतबाट सामान लिन आउनेहरु भेटिन्छन् । आफू मोरङको उर्लाबारी रहँदादेखि नै कस्मेटिक सामान किन्न सो पसलमै आउने गरेको हाल दमक १ की निशा कुँवरले जनाउनु भयो । फाइदाजनक भएकाले आफूले पनि सोही पसलबाट सामान लाने गरेको त्यहीँ भेटिनु भएकी दमक १ कै मेनुका थापाको पनि प्रतिक्रिया छ । दमक ९ चिया दोकानकी लक्ष्मी गौतम पनि त्यहाँको नियमित ग्राहक हुनुहुन्छ ।

 

काठमाडौं र भारतका विभिन्न ठाउँबाट समेत हाल चलनचल्तीका नामी कम्पनीका कस्मेटिकका सामान ल्याएर बिक्री गर्ने गरिएको छ । जहाँ थाइल्याण्डसम्मबाट उत्पादित सामग्री पाइन्छन् । कस्मेटिक पसलमा व्यस्त रीताले इमान्दारिताकासाथ सुपथ मूल्यमा ग्राहकलाई सन्तुष्ट पारेर यसबाट राम्रो आम्दानी गर्न सफल भएको सुनाउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन