सिलाई कटाई तालिममा उत्साहित छन् सहभागिहरु

silai katai

दमक, माघ २२
महिलाहरुको सीप विकास र प्रवद्र्धनमा जोड दिँदै कार्यक्रम सञ्चालन गर्दै आइरहेको दमक ६ नम्बर वडा कार्यालयले यो बेला सञ्चालनमा ल्याएको ३ महिने आधारभूत सिकाई कटाई तालिम लिन पाएकोमा सहभागिले उत्साह व्यक्त गरेका छन् ।

 

स्थानीय कविता रामदामले आफू तालिममा आउनु अघि मेसिन समेत घुमाउन नआउने गरेको अवस्थामा १ महिनामा निकै सिकेको बताउनु भयो । साथै सजना श्रेष्ठ पनि यसखाले तालिमबाट आफूले धेरै सिक्न पाएर केही गर्छौं भन्ने आशा जागेको बताउनु हुन्छ ।

 

वडाले स्वनिर्भरताकालागि महिला समुदायलाई विशेष आव्हान गरेर तालिम लिएर त्यो सीप व्यवहारमा अनिवार्य रुपमा उतार्ने शर्तमा तालिम थालेको हो । पुस २१ बाट थालिएको तालिमबाट अबको बाँकी २ महिनामा प्रशिक्षार्थीले राम्रै सिक्न सक्ने अवस्था रहेको प्रशिक्षक सरस्वती भट्टराईले उल्लेख गर्नुभयो ।

 

वडाबाट १ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको सिलाई कटाई तालिम लिनेको संख्या १० रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन