क्यान्सर विरुद्धको किमो निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

kimo nishulka

पोखरा, माघ २३
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निःशुल्क र कम शुल्कमा स्वास्थ्य सेवा प्रदान गर्ने योजना अन्तर्गत क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा गर्नुभएको छ ।

 

बुधवार पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियान उद्घाटनपछि मन्त्री पौडेलले नेपालमा क्यान्सरबाट हुने मृत्युदर बढ्दै गएकोमा चिन्ता व्यक्त स्वास्थ्यलाई निःशुल्क र कम शुल्कमा प्राप्त गर्ने व्यवस्था मिलाउने घोषणा गर्नुभएको हो । पौडेलले नेपालको भविष्यलाई पाठेघरको क्यान्सरबाट बचाउन खोप अभियान थालिएको पनि जनाउनु भयो ।

 

तथ्यांकअनुसार क्यान्सरबाट नेपालमा दैनिक ६ महिलाको मृत्यु हुन्छ । त्यसमध्ये ४ जनाको पाठेघरको क्यान्सरबाट मृत्यु हुन्छ । १४ वर्ष माथिका महिलाहरूको क्यान्सरको स्क्रिनिङ गर्ने र उपचार अभियान सरकारले चलाउने भन्दै उहाँले केही हप्तामा क्यान्सर रोगीलाई दिने किमो निःशुल्क बनाउने बताउनु भयो ।

 

नेपालमा उपचारमा मात्र रकम खर्च भएको भन्दै रोगै लाग्न नदिने निरोधात्मक अभियान पनि सरकारले चलाउने उहाँले उल्लेख गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन