समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा ल्वागुन

दमक, माघ २३
समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा गोविन ल्वागुन चयन हुनु भएको छ ।

 

नेकपा (समाजवादी) निकट सो संगठन अन्तर्गतको समितिको उपाध्यक्षमा रीता दाहाल र डिकेन्द्र बस्नेत, सचिवमा सुरज प्रधान, सहसचिवमा नवराज सुवेदी र दिपिका लोहार तथा कोषाध्यक्षमा एलिजा भेटवाललाई चयन गरिएको छ ।

 

 

सदस्यहरूमा कमल कटुवाल, डम्बर विक, कमल बुढाथोकी र जयकुमार राईलाई चयन गरिएको संगठनका अगुवा अनिलदेव राईले जानकारी गराउनु भयो ।

Share: