लागुऔषधसहित मोरङका दम्पती झापाबाट पक्राउ

दमक, माघ २४
प्रतिबन्धित लागुऔषधसहित मोरङको पथरी शनिश्चरेका एक दम्पती झापाको मेचीनगरबाट पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय इश्वर भुजेल र श्रीमती ३८ वर्षीया शान्ति आङ्देम्बे (भुजेल) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

बुधबार साँझ ५.४० बजे मेचीनगर ६ मेची पुलमा भारतबाट नेपालतर्फ सिटीसफारीमा आउँदैं गरेका भुजेल दम्पतीलाई शंका लागेर चेकजाँच गर्दा साथबाट प्लाष्टिकसहित २ ग्राम ६९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

उता, सवारी ज्यान मुद्धाका एक फरार प्रतिवादी इलाम सूर्योदय नगरपालिका ११ आइतबारे घर भई हाल बिर्तामोड ५ बस्ने ६० वर्षीय देउकुमार राईलाई २३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्धामा जिल्ला अदालत इलामको २०५८ असोज १४ गतेको फैसलाले राईलाई १ बर्ष १० महिना १६ दिन कैद र ४५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउ राईलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको प्रहरीले जनाएको छ ।

Share: