खाल्डो त्यसै छाडेर लापरबाही 

सडकको खाल्डो गैंडालाई पासो

 

 

 

चितवन — सडक फराकिलो बनाउन खनेर छाडेको खाल्डोमा परी आइतबार दिउँसो एउटा गैंडा मारिएको छ । पूर्वपश्चिम राजमार्गको भरतपुर गोन्द्राङ खण्डलाई ६ लेन बनाउन खनिएको खाल्डो नपुर्दा त्यसमा परेर करिब ११ वर्षको भाले गैंडा मारिएको हो ।

‘गैंडा ठ्याक्कै नालामा परेको भने होइन । नाला त फराकिलो छ । नालाको पर्खाल (वाल) ढलानका लागि फलेकहरू राख्न मिल्ने बनाउन आडमा कुलो जस्तो अर्को खाल्डो खनिएको थियो, त्यसैमा परेको हो,’ भरतपुर डिभिजन सडक कार्यालयका इन्जिनियर शिव खनालले भने । सडक सीमादेखि दक्षिण परेको हुनाले घटना भएको ठाउँ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्छ । एक साताअघि नै नाला ढलानको काम सकिएको थियो । तर ठेकेदारले खाल्डो नपुरी छाडेका थिए ।

पुल्चोकदेखि गोन्द्राङसम्म ६ किलोमिटर सडकलाई ६ लेन फराकिलो बनाउन गत वर्षको कात्तिकमा काम सुरु भएको हो । विस्तार हुने सडकको ३० मिटर जति भाग बरन्डाभार जंगल क्षेत्रमा पर्छ । यो वन्यजन्तुको ओहोरदोहोर भइरहने क्षेत्र हो । ‘काम सकिएकै रहेछ, त्यो कुलोजस्तो खाल्डो पुरेको भए दुर्लभ गैंडा यसरी मारिने थिएन,’ चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले भने, ‘बरन्डाभार क्षेत्रको संवेदनशील अवस्थालाई बुझेर त्यहीअनुसार निर्माणको काम गर्नुपर्ने थियो, त्यसो नभएको देखिन्छ ।’ आइतबार दिउँसो जंगलमा दुईवटा गैंडा आपसमा जुधेका थिए । हारेको गैंडा भाग्दै गर्दा खाल्डोमा परेको तिवारीले बताए ।

गोन्द्राङ आडमा टिकौली बरन्डाभार जंगल छ । यो जंगल चितवन निकुञ्जका वन्यजन्तु चुरे र महाभारत पर्वत शृंखला ओहोरदोहोर गर्ने जैविक मार्ग हो । यो जंगल हुँदै गएको राजमार्गको दायाँबायाँ दिउँसै चित्तलका बथान र गैंडा देखिन्छन् । भरतपुर–९ गोन्द्राङमा घटना आइतबार दिउँसो ३ बजे भएको चितवनका डीएसपी नरहरि अधिकारीले बताए ।

एकसिंगे गैंडा विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । गैंडा मारे सजाय र जरिवानाको कानुनी प्रावधान छ । आइतबार दुर्घटनावश गैंडा मरेको देखिए पनि लापरबाही भए नभएका बारेमा बुझ्ने निकुञ्जका सहायक संरक्षण अधिकृत तिवारीले बताए । यसअघि स्थानीयको बारीमा करेन्ट लागेर, होटलले छाडेको बिजुलीको तारमा, सेप्टिक ट्यांकीको ढक्कन खुला भएका कारण त्यसमा परेर गैंडा मारिएका घटनामा निकुञ्जले कानुनी कारबाही अगाडि बढाएर सजाय गरेको थियो । ‘दुर्लभ वन्यजन्तु मरेको घटना सामान्य होइन, यो घटनामा पनि हामी प्रक्रिया सुरु गर्छौं,’ तिवारीले भने ।

गत वर्ष सार्वजनिक भएको गणनाको नतिजाअनुसार देशको तराई क्षेत्र खास गरी पर्सादेखि पश्चिमका निकुञ्ज र वन क्षेत्रमा जम्मा ७ सय ५२ गैंडा भेटिएका थिए । तीमध्ये चितवन निकुञ्ज र यस आसपासको वन क्षेत्रमा सबैभन्दा धेरै ६ सय ९४ गैंडा छन् । चालु आर्थिक वर्षमा साउनयता हालसम्म २१ गैंडा मरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच