मःम पसलमा ग्यास सिलिण्डर विष्फोट, घाइते ११ मध्ये २ जना सख्त

काठमाडौं, माघ २४
काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आज विहान ग्यास सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन्, जसमध्ये २ जना सिकिस्त अवस्थामा छन् ।

 

बिहान ९ बजेतिर भएको विस्फोटमा घाइते हुनेमा मःम पसलका कामदार रहेको प्रहरीले जनाएको छ ।

 

घाइतेलाई सुरुमा हिमाल अस्पताल लगिएको र त्यहाँबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा थप उपचार भइरहेको छ । ग्यास सिलिण्डर पड्किएपछि भएको आगलागी सुरक्षाकर्मी टोलीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Share: