फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक गाडीमा चढ्ने र ओराल्ने ठाउँ तोकियो

 

 

 

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच तथा सुविधाका लागि चढ्ने र ओराल्ने ठाउँ तोकिदिएको छ ।

महाशाखाले पहिलो चरणमा पुरानो बसपार्कमा यस्तो ठाउँ तोकेको हो । फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जाने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेशराज जोशीले बताएका छन् ।

महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखिदिएको छ ।

ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुहरुलाई तोकिएको स्थानबाट मात्रै चढाउन र ओराल्न अनुरोध पनि गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार

झापा, मंसिर २७ । झापाको कमल गाउँपालिका वडा न।५पाडाजुँगीमा रहेको शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार भएका छन् । उपचारका लागि ल्याएका उनीहरु

सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते

दमक,२७ मंसिर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो र सुक्खायाम बढेसँगै आगलागीका घटनामा वृद्धि भएको भन्दै आम सर्वसाधारण तथा सरोकारवाला निकायलाई विशेष

मोरङमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

दमक,२७ मंसिर ।  मोरङमा जंगली हात्तीको आक्रमणबाट दूध बिक्री गर्न हिँडेका पुरुषको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१२ काफ्ले टोलका ६० वर्षीय भवकृष्ण घिमिरेको मृत्यु