अनेमसंघ झापाको नेतृत्व दमककी लीला दाहालको जिम्मामा

दमक, माघ २७
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ झापाको १० औं जिल्ला सम्मेलनबाट दमककी सक्रिय  नेतृ लीला दाहाल अध्यक्षमा चयन हुनु भएको छ ।

 

बिर्तामोडमा भएको २ दिने सम्मेलनको अन्तिम दिन आइतबार अध्यक्ष दाहालसहितका मुख्य पदहरु सर्वसहमतिमा चयन भएको हो । दाहाल यसअघिको समितिमा सचिव रहनु भएको थियो ।

 

समितिको उपाध्यक्षमा रेनुका डाँगी (मेचीनगर) र सीता ढुङ्गाना बिक (बिर्तामोड), सचिवमा कल्पना चम्लागाईं (शिवसताक्षी ), सहसचिवमा ललिता बस्नेत (हल्दिबारी) र कोषाध्यक्षमा मञ्जु थापा (दमक) चयन हुनु भएको छ । केही पालिकाबाट सदस्य चयन हुन बाँकी रहेकाले मंगलबारसम्ममा समितिलाई पूर्णता दिइने नवनिर्वाचित अध्यक्ष दाहालले जनाउनु भयो ।

Share: