प्रेस चौतारी कोशी प्रदेशले जारी गर्‍यो विराटनगर घोषणापत्र

विराटनगर, माघ ३०
प्रेस चौतारी नेपाल कोशी प्रदेश समिति दोस्रो अधिवेशन २०८१ द्वारा बुधबार १३ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ ।

 

मोरङ जिल्लाको ऐतिहासिक तथा औद्योगिक शहर विराटनगरमा आयोजित दोस्रो प्रदेश अधिवेशन भव्यताका साथ सम्पन्न गर्दै बन्दसत्रले घोषणापत्र जारी गरेको हो । घोषणापत्र लेखन कार्यको गोपाल काफ्लेको संयोजनमा हिमाल दाहाल र चिना थापा सदस्य रहनु भएको थियो ।

 

घोषणापत्रमा निम्न बुँदा उल्लेख छ :
१, मुलुकमा क्रियाशील सम्पूर्ण राजनीतिक शक्ति, तिनका भातृ संघ संगठन एवम् सामाजिक संघ संस्थाहरुलाई संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि प्रतिबद्ध हुन अधिवेशन ध्यानाकर्षण गराउदछ ।

२, नेपाल सरकारले राष्ट्रपतिबाट प्रमाणित गराई जारी गरेको सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धि अध्यादेशलाई चालु संसदमा पेश गरी व्यापक छलफल पछि ऐन बनाउन जोडदार माग गर्दछ ।

३, कोशी प्रदेश सरकारले बनाएको प्रदेशको आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वागतयोग्य छ । प्रस्तावित विधेयकमाथि व्यापक छलफल गरी यसै अधिवेशनमा पारित गरी चालु आर्थिक वर्षबाटै कार्यान्वयनमा ल्याउन प्रदेश सरकारसमक्ष यो अधिवेशन आग्रह गर्दछ ।

४, सञ्चार संस्था, प्रतिष्ठान तथा पेशागत संगठनहरुमा महिला, दलित तथा सीमान्तकृत समुहको अर्थपूर्ण सहभागिताको लागि यो अधिवेशन माग गर्दछ । ५) स्थानीय सरकारबाट प्रकाशन/प्रशारण गरिने विज्ञापनहरु प्रकाशन/प्रशारण गर्ने पहिलो हक सोही स्थानका सञ्चार माध्यमहरुले पाउनुपर्छ । यसको कार्यान्वयनका लागि सम्पूर्ण पालिकाहरुलाई यो अधिवेशन ध्यानाकर्षण गराउँदछ ।

६, अनलाइन न्यूज पोर्टलहरुलाई पनि संघीय सरकारले उपलब्ध गराउने लोक कल्याणकारी विज्ञापन प्रदान गरेर स्थानीय मिडियाहरुलाई बचाउन यो अधिवेशन जोडदार माग गर्दछ ।

७, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा सक्रियतापूर्वक क्रियाशील हुन सबै सञ्चारकर्मीहरुलाई आग्रह गर्दछ ।
८, पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाका लागि तीनै तहका सरकार र यसका अंगहरुको ध्यानाकर्षण गराउँदछौं ।
९, जिम्मेवार पत्रकार, जवाफदेही पत्रकारिताको मर्मलाई अंगिकार गर्न यस कोशी प्रदेशका सबै पत्रकारहरुमा ध्यानाकर्षणसहित आग्रह गर्दछौं ।
१०, पछिल्लो समयमा आम सञ्चार माध्यममा प्रकाशित सामग्रीलाई लिएर पत्रकारविरुद्ध विद्युतिय अपराध (साइबर क्राइम)मा मुद्दा चलाउने सम्बन्धित निकायको दुराशायपूर्ण कदमप्रति यो अधिवेशनको गम्भिर ध्यानाकर्षण भएको छ ।

११, पछिल्लो समय कोशी प्रदेशभित्र देखिएका पहिचानसम्बद्ध आन्दोलनहरुलाई वार्ता र संवादको माध्यमबाट तत्काल समाधान गर्न संघीय तथा प्रदेश सरकारसमक्ष आग्रह गर्दछौं । १२, आउँदो २०८२ साललाई कोशी प्रदेश सरकारले पर्यटन वर्ष मनाउन गरेको घोषणालाई सफल बनाउन यो अधिवेशन समर्थन गर्दछ ।
१३, विराटनगर महानगरको समृद्धिका लागि आवश्यक सहयोग गरिदिन संघीय सरकारसमक्ष यो अधिवेशन माग गर्दछ ।

 

झापाका संस्थापक र पहिलो अध्यक्ष सम्मानित
यसैबीच, अधिवेशनले झापाको प्रेस चौतारीका सस्थापक अध्यक्ष नेत्र पाठकलाई मरणोप्रान्त र पहिलो अध्यक्ष माधब बिद्रोहीलाई सम्मान गरेको छ । पाठकको सम्मान उहाकी बुहारी हिमा लुइटेलले ग्रहण गर्नु भएको थियो । कार्यक्रममा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले नेता राजेन्द्र गौतम, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडासहितले उहाँहरुलाई सम्मानित गर्नुभएको हो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो