क्यान्सर विरुद्धको एचपीभी खोप आजसम्म लगाइने

दमक, फागुन ६
पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीहरुलाई लगाइने एचपीभी खोप आजसम्म लगाइने भएको छ ।

 

माघ २२ गतेबाट सुरु गरेको अभियान आज समापन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ । अभियानमा १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ । अभियानमा शनिबारसम्म १३ लाख किशोरीले खोप प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।

Share: