पथरी शनिश्चरे, फागुन ७
मोरङको पथरीशनिश्चरे १० स्थित श्रीजङ्गा धार्मिक वन क्षेत्रमा बुधबार ताप्लेजुङ मुल घर भइ हाल झापा, मोरङ र सुनसरी बस्दैआएकाहरुको सहभागितामा वनभोजसहितको भेला सम्पन्न भएको छ ।
कोशी प्रदेशका कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गगामको प्रमुख आतिथ्यतामा उपस्थितिमा सम्पन्न भेलामा ताप्लेजुङ जिल्लामा जन्म भई जीवनयापनका क्रममा पूर्वका विभिन्न जिल्लाहरूमा स्थायी बसोबास गर्दै आएकाहरुको उल्लेखीय उपस्थितिबीच तदर्थ समिति गठन गरिएको छ ।
झापाका उमानाथ प्याकुरेलको अध्यक्ष चुनेर गठित ताप्लेजुुङ झापा मोरङ सुनसरी समाजको उपाध्यक्षमा नारायण यक्सो, सचिवमा भीमप्रसाद गौतम, सहसचिवमा लीलाराज भट्टराईलाई, कोषाध्यक्षमा पुण्यप्रभा गुरागाईं तथा सदस्यहरूमा सुजता लिम्बू, डम्बर चोङ्बाङ, विष्णु गुरागाई, अशोक नाल्बो, तीज सिग्देल, चन्द्रबहादुर खोयाङ, कमल खतिवडा रहनु भएको छ ।
नवगठित तदर्थ समितिले समाजको गठन, दर्ता, विधान लेखन, विभिन्न भेला र कार्यक्रमहरूको आयोजना गर्ने जनाइएको छ ।
सो अवसरमा संगिनी नाच, धाननाच, च्याब्रुङ नाच, झाँकी र विभिन्न गीत, नृत्यहरु लगायतका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए ।