१४५५ जना सक्रिय संक्रमित

तेस्रो लहरमा कोरोनाबाट काभ्रेमा दुईको मृत्यु, जिल्लामा मृतक संख्या ९५

 

 

 

 

काभ्रे : कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण काभ्रेमा दुई जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार कोरोनाको तेस्रो लहर सुरु भएसँगै जिल्लामा दुईजना संक्रमितको मृत्यु भएको हो।

कोरोना संक्रमणको कारण बुधबार काभ्रेको धुलिखेल नगरपालिकाका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोत्तम राज सेढाईंका अनुसार शीर मेमोरियल अस्पतालमा श्वासप्रश्वास रोगसम्बन्धी उपचारको लागि आएका पुरुषमा ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै, गत माघ ४ गते जिल्लाकै मण्डनदेउपुर नगरपालिकाका ४६ वर्षीय पुरुषको मृत्यु भएको थियो। यससँगै  काभ्रेमा पहिलो र दोस्रो चरणसमेतको गरी कोरोना संक्रमणकै कारण मृत्यु हुनेको कुल संख्या १ सय ९५ पुगेको छ।

काभ्रेमा १४ सय ५५ जना सक्रिय संक्रमित

जिल्लामा अहिले १ हजार ४ सय ५५ जना सक्रिय संक्रमित रहेको छ। जसमा ७ सय ८ जना महिला र ७ सय ४७ जना पुरुष रहेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले पछिल्लो २४ घण्टामा १ सय ७ जनामा कोरोना संक्रमित थपिएको जनाएको छ। बुधबार पिसिआर १ सय १ वटा र एन्टिजेन १ सय २ वटा गरी २ सय ३ वटा परीक्षण गरिएकोमा ४९ वटा पिसिआर र ५८ वटा एन्टिजेन गरी १ सय ७ संक्रमित भेटिएका हुन्।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय ३६ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या १५ हजार १ सय ८६ पुगेका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टर्किएलाई हराएर अष्ट्रेलिया समूह ’डी’ को दोस्रो स्थानमा

काठमाडौं,३१ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित

भारतको नयाँ नियमले नेपाली चिया संकटमा

इलाम,३१ जेठ।नेपाली चियामा भारतले कडा प्राविधिक झन्झट थपेपछि इलामको सूर्योदय क्षेत्रका तिरपन्न वटा अर्थोडक्स चिया उद्योगहरू आगामी असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुने भएका

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले