वीपी प्रतिष्ठानको जमिनमा हर्कको नजर, संरचना बनाउन खोज्दा भयो लफडा

धरान, फागुन १६
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा धरान उपमहानगरपालिकाले संरचना बनाउन खोजेको भन्दै प्रतिष्ठानले आपत्ति जनाएको छ। सार्वजनिक अपिल गर्दै प्रतिष्ठानको मूलगेट भन्दा पश्चिमतर्फको बाटोको छेउमा रहेको प्रतिष्ठानको ग्रिन बेल्टमा मेयर राईले उपमहानगरले संरचना बनाउन खोजेको बताएको छ।

 

मेयर राईले सार्वजनिक रुपमा उक्त विषयमा बोलेको बताउँदै उपमहानगरपालिकासँग मिति फागुन १४ गते टेलिफोन सम्बाद गरी प्रतिष्ठानसँग छलफल एवं अन्तर्क्रिया गरी सहमति पश्चात् मात्र प्रक्रिया गर्न अनुरोध गरेको जनाएको छ। साथै प्रतिष्ठानले पत्रबाट समेत त्यसो नगर्न भनेको छ।प्रतिष्ठानले मूल गेटबाट पूर्व तथा पश्चिम दक्षिणतर्फ बाउन्ड्री वाल निर्माण गर्दा पेरिफेरल रोड, ड्रेन तथा ग्रिन वेल्टको क्षेत्रलाई छोडेर मात्र अस्पतालको बाउन्ड्री वाल तयार गरिएको हो।

 

यसको कारण प्रतिष्ठानमा भविष्यमा हुने निर्माण, अस्पताल क्षेत्रको वरिपरि राख्नु पर्ने हरित वातावरणीय अवस्था तथा भैपरी आउन सक्ने विपत्ति, प्रकोप तथा आपत विपतको अवस्थामा रहनु पर्ने आवश्यक खुल्ला क्षेत्रको मापदण्डलाई मध्यनजर गरी उक्त क्षेत्रमा प्रतिष्ठानले हालसम्म कुनै पनि संरचना निर्माण नगरेको रजिस्ट्रार प्राडा सूर्य प्रसाद संग्रौला हस्ताक्षरित अपिलमा भनिएको छ, त्यससँगै प्रतिष्ठानको ४०० शैय्याको मातृशिशु स्याहार केन्द्र भवन निर्माण कार्य सम्पन्न हुँदै गरेको बताइएको छ। जसमा सुत्केरी आमा तथा नवजात शिशुको उपचार सेवा संचालन हुनेछ ।

 

‘अतः आमा तथा बच्चाको जन्मसँग सम्बन्धित संवेदनशील उपचार सेवा सुचारु हुँदा उक्त क्षेत्र वरपर खुला, सफा तथा हरित वातावरण हुन अत्यावश्यक हुनजान्छ’, अपिलमा भनिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,