दमक, फागुन २८
अङ्गुर स्वास्थ्यकालागि लाभदायी फलफुल हो । यो प्रायः जसो सधैँ पाइन्छ ।
बजारमा कालो, रातो, हरियो रङका अनेकौँ अङ्गुर आउन थालेका छन् । स्वादमा मीठो भएपनि यो कत्तिको अर्गानिक छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । यसको सेवन गर्दा रासायनयुक्त किटनाशक विषादी प्रयोग भएको छ छैन भन्ने कुरा ध्यान दिनुपर्छ । रासायनिक विषादीको प्रयोग जँही तँही हुने गरेको र यसलाई सरकारले रोक्ने प्रभावकारी कदम नचाल्दा मानिसको स्वास्थ्यमा ठूलो असर पर्दै गएको छ ।
जराबाटै भित्रिने विषादी छ हटाउन सक्ने कुरा भएन । तर यदि अङ्गुरको बाहिरी भागमा विषादी प्रयोग गरिएको छ भनें सादा पानीले धोएर जाँदैन र त्यसलाई विषादी निर्खाने गरी धुने विधि प्रयोग गर्नुपर्ने हुन्छ । स्वस्थ रहन र किटनाशक हटाउन अङ्गुरलाई यसरी सफा गर्न सकिन्छ :
१. एउटा ठूलो भाँडामा अङ्गुर राखेर २ चम्चा डिस्टिल्ड भिनेगर वा एप्पल साइडर भिनेगर हाल्नुस् । अङ्गुरलाई यो घोलमा घुमाउनुस् अनि १० मिनेटसम्म भिजाएर राखिदिनुस् । पानी निकानेर फ्याँक्नुस् अनि अङ्गुरलाई चिसो पानीले राम्ररी धुनुस् । अब यो खानको लागि पूरै तयार छ ।
२. एउटा कचौरा पानी भरेर २ चम्चा समुद्री नुन र २ चम्चा बेकिङ सोडा हाल्नुस् । यी दुबैलाई तबसम्म पानीमा घोलिरहनुस् जबसम्म पानीमा पूरै घुलिँदैनन् । त्यसपछि यो पानीमा अङ्गुरहरू हाल्नुस् । यो पानीमा अङ्गुरहरू पुरेको डुबेको हुनु पर्छ । अङ्गुरलाई करिब ५ मिनेटसम्म यो पानीमा भिज्न दिनुस् । अनि यो पानी फ्याकेर सादा पानीले सफा गर्नुस् । यसपछि अङ्गुर खानका लागि तयार भयो ।









