दमक अस्पतालमा आजबाट इमर्जेन्सी प्रयोगशाला सञ्चालनमा

damak hospitalma .. (1)

दमक, चैत ४
झापाको दमक नगरपालिकामार्फत सञ्चालित दमक अस्पतालमा स्वास्थ्यका सेवाहरु थपिँदै उपचारमा प्रभावकारिता बढ्दै गएको छ । यसक्रममा सोमबारबाट आकस्मिक (इमर्जेन्सी) प्रयोगशाला सेवा समेत सञ्चालनमा आएको छ ।

 

सेवाको दमक नगर प्रमुख रामकुमार थापाले उद्घाटन गर्दै यसखाले सेवाले सबैलाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

यसखाले प्रयोगशालाले आपतकालिन अवस्थामा छिटो र प्रभावकारी सेवा प्रदान गर्नेछ । विरामीको अवस्था हेरेर १ देखि डेढ घण्टाभित्रमा विभिन्नखाले ल्याबका जाँच सम्पन्न गरिने अस्पतालका ल्याब विभाग इञ्चार्ज लोकु पौडेलले जनाउनु भयो ।

 

प्रशासन प्रमुख तथा सूचना अधिकारी डाक्टर अनुपम घिमिरेले अस्पतालमा रहेका प्रयोगशालाका सामग्रीलाई व्यवस्थापन गर्दै इमरजेन्सी कक्षमा चौविसै घण्टा सञ्चालनमा हुने त्यसखाले प्रयोगशाला खडा गरिएको जानकारी गराउनु भयो । उहाँले काठमाडौं उपत्यकाबाहिरका पालिकाहरुका अस्पतालमा थोरै मात्रले आकस्मिक प्रयोगशाला सञ्चालनमा ल्याउन सकेको समेत उल्लेख गर्नुभयो ।

 

दमक अस्पतालमा दमक नगर तथा आसपासका पालिका र जिल्लाहरु समेतबाट दैनिक १ हजार २ सय जनासम्म विरामी आउने गरेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन