दमक अस्पतालमा आजबाट इमर्जेन्सी प्रयोगशाला सञ्चालनमा

दमक, चैत ४
झापाको दमक नगरपालिकामार्फत सञ्चालित दमक अस्पतालमा स्वास्थ्यका सेवाहरु थपिँदै उपचारमा प्रभावकारिता बढ्दै गएको छ । यसक्रममा सोमबारबाट आकस्मिक (इमर्जेन्सी) प्रयोगशाला सेवा समेत सञ्चालनमा आएको छ ।

 

सेवाको दमक नगर प्रमुख रामकुमार थापाले उद्घाटन गर्दै यसखाले सेवाले सबैलाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

यसखाले प्रयोगशालाले आपतकालिन अवस्थामा छिटो र प्रभावकारी सेवा प्रदान गर्नेछ । विरामीको अवस्था हेरेर १ देखि डेढ घण्टाभित्रमा विभिन्नखाले ल्याबका जाँच सम्पन्न गरिने अस्पतालका ल्याब विभाग इञ्चार्ज लोकु पौडेलले जनाउनु भयो ।

 

प्रशासन प्रमुख तथा सूचना अधिकारी डाक्टर अनुपम घिमिरेले अस्पतालमा रहेका प्रयोगशालाका सामग्रीलाई व्यवस्थापन गर्दै इमरजेन्सी कक्षमा चौविसै घण्टा सञ्चालनमा हुने त्यसखाले प्रयोगशाला खडा गरिएको जानकारी गराउनु भयो । उहाँले काठमाडौं उपत्यकाबाहिरका पालिकाहरुका अस्पतालमा थोरै मात्रले आकस्मिक प्रयोगशाला सञ्चालनमा ल्याउन सकेको समेत उल्लेख गर्नुभयो ।

 

दमक अस्पतालमा दमक नगर तथा आसपासका पालिका र जिल्लाहरु समेतबाट दैनिक १ हजार २ सय जनासम्म विरामी आउने गरेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते

एजेन्सी , असोज ३०। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा

पार्टी नेताको निजी सम्पत्ति होइन, नागरिकको साझा संस्था हो : गगन थापा

काठमाडौं,३० असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ । पार्टीलाई

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र

 आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक