कोभिड बुटि ८

दमकमा बालबालिका बाहेक सत प्रतिशतलाई कोरोना विरुद्धको खोप (भिडियो सहित)

 

 

दमक/

दमकमा कोरोनाबाट बच्नका लागि खोप अभियानलाई तिब्रता दिइएको छ । कोरोना खोप लगाउनेको संख्या दमकमा सत् प्रतिशत नजिक पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । १८ वर्ष उमेर माथीका सर्वसाधरण न्यूनतम पहिलो डोजको खोप सबैलाई लगाएको बताउँदै नगरपाकिलाले १२ देखी १७ वर्ष उमेर समुहका नागरिकलाई पनि खोप कार्यक्रम सुरु गर्दै छ । नगरले चलाइरहेको खोप अभियान र ती खोपको प्रभावकारितका बारेमा कोभिड बुटिको तेस्रो श्रींखला अन्तर्गत ८ औ अंक यहि विषयमा केन्द्रित छ ।

 

दमकमा आईतबारबाट मोर्डना खोप लागाइदै छ । यो खोप दमकमा पहिलो पटक बालबालिकालाई लक्षीत गरेर लगाइन लागीएको हो । १२ वर्ष उमेर देखी माथी १७ वर्ष पुरा भएकाहरलाई यो खोप लगाउने निणर्य दमक नगरपालिकाले गरेको छ । यसका लागि विभिन्न विद्यालयमै खोप केन्द्र तोकिएको छ । ।

बालबालिकाले तोकिएको विद्यालयमै गएर खोप लगाउनु पर्ने हुन्छ । बालबालिकाले खोप लगाउन जाँदा अभिभावक वा शिक्षकलाई रोहबारमा राखेर उमेर प्रमाणीत गराउनु पर्ने हुन्छ वा जन्मदर्ता पेष गरेर उमेरका आधारमा खोप लगाउन पाइने नगरपालिकाले जनाएको छ । यो अभियान आईबार देखी बिहिबार सम्म सञ्चालन हुने छ । यस अघि दमकमा १८ वर्ष उमेर माथीका सबै नागरिकलाई खोप लगाउने काम चलीरहेको छ ।

कोभि सिल्ड, भेरोसिल तथा जोनसोन एण्ड जोनसेन खोपहरु लगाइरहिएको छ ।जोनसोन पहिलो मात्रा लगाउनेका लागि हो भने भेरोसेल र कोभि सिल्ड दोस्रो मात्रा लगाउनेका लागि हो । सरकारले तोकेको उमेर समुह वा अन्य अग्रपंत्तीमा खटिएर काम गर्नेहरुलाई तेस्रो मात्राको खोप अर्थात अतिरिक्त डोज पनि दिइरहिएको छ । दमक ५ स्थित दिपिनी आधारभूत विद्यालयमा खोप अभियान सञ्चालन गराइरहनु भएकी स्वास्थ्यकर्मी महिमा दुलाल परिचयपत्र पत्र हेर्दै र पुरानो खोप कार्ड हेरेर आवश्यक खोप लगाउने काम गरिरहेको बताउनु हुन्छ ।

तथ्याकं विभागले जारि गरेको नयाँ जनसंख्याको तथ्याकं अनुसार दमकमा १ लाख ७ हजार माथी जनसंख्या रहेको छ । यसै अनुसार दमकमा आएको खोप र लगाइको तथ्याकंकलाई दाज्दा ९५ प्रतिशत माथीले दमकका खोप लगाइसकेका छन् । यो तथ्याकं १८ वर्ष देखी माथी उमेर समुहको मात्रै हो । आईतबारबाट बालबालिकालाई पनि खोप लगाउने काम सुरु हुने र यसको पनि परिणाम आएपछि दमकमा १२ वर्ष भन्दा माथी उमेरका बालबालिकाको समेत तथ्याकं अएपछि सत प्रतिशत खोप लगाइसक्ने दमक नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव नगेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

‘१८ वर्ष देखीको माथीको संख्यालाई आधार मान्ने हो भने दमकमा ९५ प्रतिशतले खोप लगाइसेका छन् ।’ भट्टराईले भन्नु भयो ‘१२ वर्षदेखी माथीको उमेर समुहलाई आधार मान्ने हो भने यो प्रतिशत ९५ नै पुग्न अरु थप ५ दिन आवश्यक पर्छ ।’ ५ दिन सम्ममा दमकका रहेका १२ वर्ष माथीका सबै बालबालिकालाई मोर्डना नामक खोप लगाइने भएकोले खोप लगाउनेको प्रतिशत उमेरकै अनुपातमा बढ्ने उहाँको भनाई छ । १२ वर्ष भन्दा कम उमेरका लागि पनि सरकारले खोप लगाउने योजना बनाएको र त्यसकालागि विस्वका विभिन्न खोप निर्माण कम्पनीसँग सरकारले परामर्ष गरिरहेकोले चाँडै ५ वर्ष उमेर माथीका बालबालीकाले पनि खोप लगाउन पाउने उहाँले आश्वाशन दिनुभयो ।

दमकका अहिले विभिन्न प्रकारका खोप लगाउने कामहरु सञ्चालन भइरहेका छन् । यी खोप लगाउँदैमा कोरोना लागी हाल्दैन । कोरोनाबाट सँधै बच्न सक्ने भए भनेर भीडभाडमा कुदि हाल्न चाहि नहुने चिकित्कहरुले बताएका छन् । दमक स्थित आम्दा अस्पतालका इमेर्जेन्सी इच्चार्ज डा. शिखर कट्टेलले शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन खोप लगाइनु पर्ने बताउनु हुन्छ । खोपले शरिरमा शक्ति बढाउने र त्यसले शरिरमा देखिएका कोरोना लगाउत अन्य भाइरलहरुसँग भिड्न मद्यत गर्ने भएकोले प्राप्त खोप लगाउन अनुरोध गर्नुहुन्छ ।

कोरोनाका विभिन्न बद्लीदा रुपहरु आइरहेका छन् । पछिल्लो समय ओमिक्रोन भेरियेण्टले विस्वब्यापी रुपमा समस्या सिर्जना गराइरहेको छ । तिब्रगतीमा फैलने यो संक्रमण यसअ अघिको डेल्टा जस्तो आक्रामक भने नभएको भनेर स्वास्थ्य क्षेत्रका बिज्ञहरुले बताइरहेका छन् । तर असर कम गर्ने भएपनि छिटो सर्ने भएकोले यसको असरबाट बच्न न्यूनमत स्वास्थ्य सम्बन्धीका मापदण्ड पालना गर्दै उपलब्ध खोप लगाउन आवश्यक छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरे र त्रिशूलीका घर बगे : १६ प्रहरी सम्पर्कविहीन

काठमाडौँ,१० भदौ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठुलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारमा

बाढीले वेत्रावती र सोले बजारमा ठूलो क्षति, स्कुल बस सम्पर्क विहीन

काठमान्डौ,१० भदौ ।भोटेकोसीमा आएको भीषण बाढीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रका वेत्रावती र सोले बजारमा ठूलो क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। उत्तरगया पब्लिक स्कुलका शिक्षक सोमलाल

अप्रत्याशित बाढीमा सरकारको सकृयता कस्तो?

काठमाडौ , १० भदौ | रसुवाको भोटेकोसी नदीमा आएको आकस्मिक बाढीपछि सरकारले खोज, उद्धार तथा राहतका लागि सरकारी संयन्त्रलाई परिचालन गरेको छ।बाढी प्रभावित क्षेत्रमा उद्धार

भोटेकोसीको बाढिले कति जलविद्युत आयोजना बगे? यस्तो छ विवरण

काठमाडौ , १० भदौ । रसुवामा भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण

भोटेकोसी बाढीले बैंक तथा वित्तीय संस्थामा क्षति,विवरण सङ्कलन गर्न समस्या

काठमान्डौ,१० भदौ । भोटेकोसी नदीमा आएको बाढीले रसुवाका विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुगेको छ। टेलिफोन सम्पर्क अवरुद्ध हुँदा क्षतिको यकिन विवरण

चिनसँग समन्वय खोज्दै सुरक्षा निकाय, बाढीको कारण अझै पत्तो लागेन

काठमाडौ , १० भदौ । रसुवामा बुधबार बिहान एक्कासि आएको भीषण बाढीको कारण अझै खुल्न सकेको छैन। मंगलबार राति वा बुधबार बिहान रसुवा लगायतका क्षेत्रमा