राजतन्त्रको क्रुर अन्त्यका घटना

बञ्चरोले काटिएका बेलायतका राजा चार्ल्स प्रथमको त्यो इतिहास

rajaharuko hatya

दमक, चैत ७
आजका दिनमा समेत राजतन्त्रको अवशेष बाँकी रहेको बेलायतमा राजतन्त्रको इतिहास त्यति सहज र कोमल छैन । संसारभर कुनै समय आफ्नो साम्राज्य फैलाएको बेलायतको राजतन्त्र जनताका प्रतिनिधिहरूसँगको लडाइँमा हिंसात्मक रूपमा कुनै समय बिदा भएको थियो ।

 

आफ्ना पिता जेम्स प्रथमको निधनपछि सन् १६२५ मा चार्ल्स प्रथम राजा घोषित हुनुभयो  । राजा भएको केही वर्षमै सन् १६२९ मा उनले तत्कालीन संसदलाई खारेज गरेर सम्पूर्ण शासन अधिकार आफूमा निहित गरेपछि पार्लियामेन्ट (संसद) सँग उहाँको द्वन्द्व सुरु भयो । सन् १६४० को दशकसम्म आइपुग्दा नपुग्दै बेलायती समाजमा उहाँको अत्याचार उत्कर्षमा पुग्दै थियो ।

 

उहाँ आफूलाई पिता जेम्स प्रथमजस्तै दैवीय अधिकार सम्पन्न राजा ठान्नुहुन्थ्यो । सन् १२१५ मा भएको म्याग्नाकार्टा अर्थात् राजा र जनताबिचको शक्ति विभाजनको घोषणापत्रलाई उनले रद्दीको टोकरीमा मिल्काएपछि यो द्वन्द्व सुरु भएको थियो । त्यो घोषणापत्रमा राजा कानुनको मातहत रहनुपर्ने र स्वेच्छाचारी हुन नमिल्ने लेखिएको थियो । तर, चार्ल्स प्रथमले त्यसलाई लत्याउँदै सम्पूर्ण शक्ति आफैँमा निहित गर्नुभयो । त्यसपछि उहाँलाई बञ्चरोले काटेर मारिएको इतिहास छ ।

 

तिनताका युरोप धर्मयुद्धमा फसेको थियो । क्याथोलिक र प्रोटेस्टेन्टका रूपमा युरोपभर विभिन्न प्रकारका युद्ध चलिरहेका थिए । इतिहासमा त्यसलाई ‘थर्टी इयर्स वार’ का रूपमा चिन्ने गरिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन