१० लाखसम्मको स्वास्थ्य बीमाको निर्णय सदनमा पास : सांसद शर्मा

पथरी, चैत ९
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद एवम् नेपाली कांग्रेस महासमिति सदस्य डा. सुनीलकुमार शर्माले स्वास्थ्य बीमा गर्ने बीमितहरूलाई तेस्रो वर्षमा १० लाख रुपैयाँ बराबरको बीमा सुविधाका लागि पहल भइरहेको बताउनु भएको छ ।

 

सांसद शर्माले शनिबार आफ्‌नो र सोही निर्वाचन क्षेत्रका प्रदेश सांसद मानबहादुर लिम्बूको संयुक्त सम्पर्क कार्यालयको पथरी शनिश्चरे २ बुद्धचोकमा उद्घाटनका क्रममा सो कुरा बताउनु भएको हो । उहाँले पहिलो वर्षमा २ लाख, दोस्रो वर्षमा ५ लाख र तेस्रो वर्षमा १० लाख रुपैयाँ बराबरको बीमा सुविधा पाउनुपर्ने कुरामा आफूहरुले संघीय सदनमा पेश गरेको र सांसदले एक स्वरले पास गरेकोले स्वास्थ्य बीमा सम्बन्धी विधेयक कानुनी रूपमै आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । यो विधेयक पास भएमा नयाँ इतिहास रच्ने र मतदाताले दिएको मत खेर नजाने उहाँले बताउनु भयो ।

 

उहाँले ३ नम्बर क्षेत्र अन्तर्गत पथरी शनिश्चरेदेखि सलकपुरसम्म करिब २ अर्ब भन्दा बढी बजेट प्राप्त गरेको र थुप्रै विकासका योजना सञ्चालन भइरहेको बताउनुभयो । उहाँले खानेपानी, सडक, बिजुली, पुल, तटबन्धन जस्ता विभिन्न विकासका कार्यहरुका लागि आवश्यक बजेट ल्याउनका लागि पहल गरिरहेको बताउनुभयो ।

 

सांसद डा. शर्माले पथरी डाईनिया सडक खण्डको स्तरोन्नती र कालोपत्रे लगायतका विभिन्न सवालहरूमा आफूले पहल गरिएको बताउनुभयो ।
आफ्ना निर्वाचन क्षेत्रका जनताका समस्या समाधान गर्न सहजताका निमित्त भन्दै दुबै सांसदले संयुक्तरुपमा संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्नुभयो ।

 

उक्त अवसरमा संविधानसभाका सभासद् तथा नेकपा एकीकृत समाजवादी पार्टीका मोरङ सह इञ्चार्ज चण्डीप्रसाद राई, नेकपा माओवादी केन्द्रका पथरी शनिश्चरे अध्यक्ष गोविन्द कटुवाल, एकीकृत समाजवादीकी महिला नेतृ कृष्णकुमारी विश्वकर्मा,लगायतले नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीको संयुक्त गठबन्धनले निर्वाचनताका जनताको घरदैलोमा गरेका बाचाहरु पूरा गर्न पनि दुवैजना सांसदहरूलाई शुभ–कामना व्यक्त गर्नुभएको थियो ।

 

नेपाली कांग्रेस महासमिति सदस्य वसन्त भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता क्षेत्रीय सभापति गणेश खड्काले गर्नुभएको थियो । सो अवसरमा नेपाल विद्यार्थी सङ्घका विद्यार्थी नेताहरुले पथरी शनिश्चरे खण्डमा बन्दै गरेको एसियन हाइवे सहरी मापदण्ड अनुसार नै निर्माण हुनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । कार्यक्रममा कांग्रेसका भातृ संगठनका पदाधिकारीहरू तथा तथा विभिन्न पार्टीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र

 आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको