कैलालीमा जताततै संक्रमित, न परीक्षण न सावधानी

kailali22

 

 

 

धनगढी / कैलालीमा कोरोनाभाइरस संक्रमणको जस्तै लक्षण देखिने बिरामीको संख्या ह्वात्तै बढेको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने र शरीरका जोर्नी दुख्ने बिरामी बढे पनि सावधानी भने अपनाएको देखिँदैन । कोरोना जस्तै लक्षण भएका बिरामी घरघरमै हुँदा रोगको परीक्षण भने न्यून मात्रै हुने गरेको छ । सेती अस्पतालले सार्वजनिक गर्ने दैनिक परीक्षण दरअनुसार कैलालीमा दैनिक २०० हाराहारीमा मात्र कोरोना परीक्षण हुने गरेको छ । कोरोना परीक्षणका लागि अस्पताल पुग्नेमध्ये ६० प्रतिशतभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । तर, गाउँ टोलमा बस्ने अधिकांस मानिस भने मौसमी रुघाखोकी भन्दै स्वास्थ्य परीक्षण गराउँदैनन् ।

‘अस्पताल गए रुघाखोकीलाई पनि कोरोना देखाइहाल्छन्,’ धनगढी–२ का स्थानीय करन कुँवरले भने, ‘तर, यो एक दुई दिन घरमै बस्दा आफैँ निको हुने मौसमी ज्वरो हो, अहिले जताततै फैलिएको छ । अस्पतालसम्म टोलका कोही गएका छैनन् ।’ उनले घरघरमै अहिले मौसमी ज्वरोका विरामी रहेका बताए । ‘बालकदेखि वृद्धवृद्धा सबैमा अहिले मौसमी ज्वरो आएको छ,’ उनले भने, ‘सवै घरमै निको भइरहेका छन् ।’

धनगढी–१२ का स्थानीय केशव मिश्रले पनि वडामा मौसमी रुघाखोकी फैलिएको बताए । ‘घरघरमै मौसमी ज्वरोका बिरामी छन्,’ उनले भने, ‘एक दुई जनालाई बढी भएर अस्पताल जाँदा कोरोना देखायो, त्यसको डरले अरु व्यक्ति अस्पताल गइरहेका छैनन्, बिरामी पर्ने सबै घरमै निको भइरहेका छन् ।’

ज्वरो आएपछि चेकजाँचका लागि अस्पताल गएका एक दुई जनामा कोरोना पोजेटिभ आएको उनले बताए । एक दुई जनामा कोरोना पोजेटिभ आएको भन्ने सुन्दा गाउँमा त्रास छाएको बताउँदै उनले पछिल्लो समय त्यस्तै प्रकृतिका बिरामी घरघरमै रहे पनि परीक्षण गराउन भने कोही नगएको उनले बताए ।

‘कोरोना पोजेटिभ देखाउँदा सबै डराउने र गाउँमा हिँड्डुल गर्न पनि संक्रमितलाई समस्या हुने गरेको थियो,’ उनले भने, ‘जसका कारण अहिले रोग लागेर पनि अस्पताल कोही गएका छैनन् । तर, सबै बिरामीमा लक्षण भने कोरोना जस्तै देखापर्ने गरेका छन् ।’
गाउँभरी बिरामी बढे पनि सावधानी भने कसैले नअपनाएको धनगढी–४ का स्थानीय वीरेन्द्र ऐरी बताउँछन् । पछिल्लो समय घरघरमा कोरोना जस्तै लक्ष्यण भएका बिरामी रहे पनि त्यसलाई कसैले गम्भिर रुपमा नलगेको र सावधानी पनि नअपनाइएको उनले बताए ।

‘बिरामी हुने सबै चिसो लागेर होला, ठिक भइहाल्छ भन्दै अस्पताल पनि जादैनन्,’ उनले भने, ‘न त सावधानी नै अपनाइएको छ, रोगीहरू पनि विनामास्क समाजमा हिँडिरहन्छन्, सबैले स्वास्थ्य परीक्षण गराएमा कोरोना संक्रिमतको संख्या बढ्न सक्द छ ।’
स्वास्थ्यकर्मीले भने रोग नलुकाउन र रोग लागेमा अनिवार्य स्वास्थ्य परीक्षण गर्न सुझाएका छन् । ‘कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ,’ धनगढी स्थित सेती प्रादेशिक अस्पतालका वरिष्ठ जनरल फजिसियन डाक्टर शेरबहादुर कमरले भने, ‘यस्ता बेला शंकास्पद सबैै व्यक्तिले स्वास्थ्य परीक्षण गराउनु उपुयुक्त हुन्छ । लापरबाहीले स्वास्थ्यमा गम्भीर असर हुन सक्द छ ।’

उनले कोरोनालाई सामान्य रुपमा नलिनसमेत आग्रह गरेका छन् । ‘ज्वरो आउने र ठिक भएपछि सबै ठिक भइहाल्यो भन्ने भ्रम हुन सक्द छ,’ उनले भने, ‘तर कोरोनाले ज्वरो निको भएपछि पनि असर गरिरहेको हुन्छ, यसको मानसिक असर रोक्न सवैले स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधि सेवन गर्नु नै उपयुक्त हुन्छ ।’

उनले कोरोना संक्रमण पुष्टि भएकाहरू अस्पतालको आइसोलेसनमा बस्न नमान्ने गरेको बताए । ‘कोरोना संक्रमित भएका व्यक्तिहरूपनि सकभर होमआइसोलेसनमै बस्छु भन्छन्,’ उनले भने, ‘उनीहरूबाट कोरोना संक्रमण बढ्ने खतर बढी हुन्छ ।’कोरोनाको संक्रमण दर बढे पनि नागरिकले भने स्वास्थ्यका मापदण्ड नअपनाएको उनले बताए । ‘बजारमा विनामास्क डुलिरहेका छन्,’ उनले भने, ‘भिडभाड हुने कार्यक्रम भइरहेकै छन्, धेरैले कोरोना खोप लगाएकाले जटिल खालको समस्या नदेखिएको हो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।