अक्सिजनको अभावले तड्पिएको हेटौंडा  : अहिलेअक्सिजन उत्पादन गर्ने क्षमता बनाएको छ

 

 

 

हेटौंडा — कोरोनाको दोस्रो लहरमा अक्सिजनको अभावले तड्पिएको हेटौंडा अस्पतालले अहिले भने दैनिक २ सय ५० सिलिन्डर (ठूलो) अक्सिजन उत्पादन गर्ने क्षमता बनाएको छ । शनिबारबाट दैनिक १ सय २५ सिलिन्डर अक्सिजन उत्पादन हुने गरी प्लान्ट सञ्चालनमा आएको हो ।

यसअघि उद्योग संघ मकवानपुरले १ सय १० र हेटौंडा उपमहानगरपालिकाको पहलमा घर जग्गा व्यवसायी मकवानपुरले दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट जडान गरिदिएका थिए । हाल अमेरिकी सरकारको सहयोगमा संघीय स्वास्थ्य मन्त्रालयले करिब ३ करोडको लागतमा दैनिक १ सय २५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको जानकारी दिँदै अस्पतालका अध्यक्ष राजेश प्रसार्इंले भने, ‘अव हेटौंडा अस्पताललाई अक्सिजनको समस्या पर्दैन ।’ यसअघि अक्सिजनको अभावमा कोरोनाका बिरामीलाई वीरगन्ज र भरतपुर रेफर गर्नुपर्ने बाध्यता थियो ।

अस्पतालमा अक्सिजन ल्याउन ठूलै सोर्सफोर्स लगाउनुपरेको उल्लेख गर्दै अध्यक्ष प्रसाईंले भने, ‘अब त्यस्तो समस्या व्यहोर्नु पर्दैन ।’ हेटौंडा अस्पतालमा अहिले कोरोनाका ९ जना संक्रमित उपचाररत छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको उक्त अस्पतालमा भेन्टिलेरसहित २० बेड तयारी हालतमा राखिएको छ । तेस्रो लहरमा कोरोनाका बिरामीलाई शय्याको अभावले अन्यत्र रेफर गर्न नपरेको अस्पतालका प्रमुख डा. रामचन्द्र सापकोटाले बताए ।

अस्पतालमै संक्रमित सुत्केरी
हेटौंडा अस्पतालको क्षमता र गुणस्तर सेवा पनि बढ्दै गएको छ । अस्पतालले संक्रमित गर्भवतीलाई सुरक्षित ढंगले सुत्केरी गराउन थालेको छ । यसअघि कोरोना संक्रमित गर्भवतीलाई भरतपुर र वीरगन्ज पठाउने गरिएको थियो ।

अस्पतालले माघ १ देखि संक्रमित गर्भवतीलाई अस्पतालमै सुरक्षित ढंगले सुत्केरी गराउन थालिएको अस्पतालका कोभिड विभागका फोकल पर्सन प्रशान्त बिडारीले बताए । उनले यस अवधिमा २० जना संक्रमित गर्भवतीलाई सुत्केरी गराइसकेको जनाए । ‘संक्रमण पुष्टि भएकी गर्भवतीलाई सुत्केरी गराउन अलग्गै कोठा, स्वास्थ्यकर्मी चाहिन्छ,’ हेटौंडा अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. रामकाजी महर्जनले भने, ‘संक्रमितका लागि पहिले छुट्टै अप्रेसन कक्ष र सुत्केरी कक्ष थिएन । तर अहिले अलग्गै व्यवस्था गरिएको छ, त्यसैले सक्रमितलाई सुत्केरी गराउन सम्भव भयो ।’ यो अस्पतालमा अहिले दैनिक १० देखि १५ जनासम्म सुत्केरी हुने गरेका छन् । त्यसमा एक, दुई जना संक्रमित सुत्केरी हुने गरेको अस्पतालले जनाएको छ ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य