बालबालिकामा कोरोनाको प्रभाव कम

कोरोनाको तेस्रो लहरको प्रभाव युवाको तुलनामा बालबालिकामा कम

Doctor’s hands in protection gloves putting COVID-19 test swab into kid’s mouth in hospital.

 

 

झापा/

कोरोनाको तेस्रो लहरको प्रभाव बालबालिकामा कम देखिएको सरकारले जनाएको छ।

युवाको तुलनामा बालबालिकामा कोरोनाको प्रभाव कम देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। संगीता कौशल मिश्रले जानकारी दिईन।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङ्कमा पनि शून्यदेखि १० वर्ष उमेर समूहका बालबालिका देशभरमा २४ जनामात्रै सङ्क्रमित भएका छन् । यसमध्ये गम्भीर खालको लक्ष्यण कसैलाई पनि देखिएको छैन । हिजो सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति सङ्क्रमित भएका छन् ।

हिजो यो समूहका ९ सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिले प्राय सबैजसो विद्यालय बन्द भएकाले बालबालिका घरमै छन् । कामकाजी अभिभावकले पनि सतर्कता अपनाउने गरेका छन् । यस्तै तुलनात्मक रुपमा बालबालिकाहरु बाहिर साथीभाइसँग खेल्न धेरै नजाने र घरमै बस्ने भएकाले कोरोनाको जोखिम बालबालिकामा कम भएको हो ।

यस्तै रोग प्रतिरोधात्मक क्षमता पनि बालबालिकाको बढी हुने भएकाले बालबालिका कम सङ्क्रमित भएका र सङ्क्रमित भएकामध्येको अवस्था पनि सामान्य रहेको उनले बताईन ।

कोरोनाको तेस्रो लहरमा विज्ञले बालबालिका धेरै सङ्क्रमित हुने जनाएका थिए भने यो भन्दा पहिला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि बालबालिका धेरै सङ्क्रमित हुन सक्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ ,५ असोज। झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई

सरकराले बेलिब्रिजबारे एआई नक्सा बनाएर हल्ला फैलायो : ओली

काठमाडौं ,५ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले अनुशासनमा एमाले पार्टी सबैभन्दा कमजोर रहेको स्वीकार गर्नुभयो । सोमबार एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई

गुडिरहेको बसमा आगलागी ,चालकको उपचार हुँदै

काठमाडौं ,५ असोज। काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि रिद्धिसीद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको छ । सोमबार दिउँसो साढे १२

न्युयोर्क । एनभिडियाका मुख्य कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले आगामी दशकभित्रै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानव जातिको अस्तित्व समाप्त पार्न सक्ने चेतावनीलाई भ्रामक र काल्पनिक

यात्रुवाहक बसमा आगलागी

काठमान्डौ,५ असोज । काठमाडौँको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैको सडकमा यात्रुवाहक बसमा आगलागी भएको हो । घटनाबारे थप विवरण