खोपको तथ्यांक नभेटिएको

हराएको खोप खोज्न छानबीन समिति गठन

 

 

झापा/

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको २४ लाख डोज खोपको तथ्यांक नभेटिएको विवरण खोज्नका लागि समिति गठन गरेको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेका हुन् ।

छानविन समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुण निधि शर्मा रहेका छन् ।

छानविन समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको डा. लोहनीले पुष्टि गरे ।

‘स्वास्थ्यमन्त्रीले आइतबार समिति गठन गरी तथ्यांक गढबढ भएको खोपको छानविन गर्ने निर्देशन दिनुभएको छ,’ डा. लोहनीले भने, ‘समितिले दुई हप्तामा प्रतिवेदन तयार पार्ने छ ।’

केही हप्ता अगाडि स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २४ लाख डोज खोप विवरण नआएको भनेपछि यो विषय चर्चामा आएको छ । प्रमुख प्रतिपक्ष दल एवं सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले २४ लाख डोज खोई भन्दै सरकारमाथि प्रश्न उठाउँदै आइरहेका छन् ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले