बीमा

हेटौंडा उपमहानगरपालिकाद्वारा पत्रकारहरूको दुर्घटना बीमा

 

 

 

हेटौंडा — नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा आवद्ध पत्रकारहरूका लागि हेटौंडा उपमहानगरपालिकाले ५ लाख रुपैयाँका दरले दुर्घटना बीमा गरिदिएको छ  ।

जिल्लाका एक सय ६४ जना पत्रकारको पाँच लाख रुपैयाँको दुर्घटना बीमाका लागि तिर्नुपर्ने प्रिमियम रकम एक लाख २२ हजार २ सय ७० रुपैयाँको चेक उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मंगलबार महासंघ मकवानपुर शाखालाई हस्तान्तरण गरेका थिए । ‘संचारकर्मीहरू जोखिममा रहेकाले उनीहरूको उपमहानगरपालिकाले दुर्घटना बीमा गरिदिएको हो‚’ उनले भने ।

यसैगरी पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा हेटौंडा उपमहानगरपालिकाले पाँच लाख सहयोग गरेको छ । महासंघ मकवानपुर शाखाले गत वर्षबाट पेन्सन कोष स्थापना गरेर पेन्सनसमेत उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षदेखि पत्रकार महासंघले २० वर्ष काम गरेका र ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारका लागि मासिक पेन्सन दिनका लागि सञ्चालनमा ल्याएको कोषमा थोरै भए पनि सहयोग पुगोस् भनेर सहयोग गरिएको मेयर महतले बताए ।

शाखाले ज्येष्ठ पत्रकार नवराज शर्मालाई गतवर्ष पेन्सन कोष स्थापना गरेर पेन्सन स्वरुप मासिक ४ हजार रुपैयाँ दिँदै आएको छ ।

पेन्सन कोषका लागि उपमहानगरपालिकाले अघिल्लो वर्ष दश लाख रुपैयाँ सहयोग गरेको थियो । उक्त रकमको ब्याजबाट पेन्सन उपलब्ध गराउँदै आएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच