खस्कदै अर्थतन्त्र

सरकारले पैसामात्रै थुपार्यो, खर्च गरेन, वित्तीय तरलता यो आर्थिक वर्ष सम्मै रहने पूर्वानुमान

bank thumb

दमक/
गत पुष मसान्तमा सरकारले अर्धवार्षिक कर संकलन गर्यो । अर्वौ रकम संकलन गरेको सरकारले खर्च भने गर्नै सकेको छैन । अहिले सम्म पुजीगत खर्च १५ प्रतिशत पनि पुग्न नसक्नुले सरकारको खर्च गर्ने क्षमता कमजोर हुँदै गएको प्रष्ट देखिन्छ ।

केहि मन्त्रीहरुले खर्च बढाउँन कर्मचारीलाई दवाव दिएपनि दवावमा गरिएको खर्चले बेरुजु देखिने डरले पनि आवश्यक मात्रामा खर्च हुन नसकेको अर्थ सम्बन्धीका जानकारहरु बताउँछन् ।

सरकारको खातामा अहिले ३ अर्व बढि पैसा छ तर त्यो रकम चालु खर्च अन्तर्गत मात्रै खर्च भइरहेको छ । जवसम्म सरकारले पुजीगत खर्च गर्न सक्दैन तव सम्म बैक तथा वित्तिय सस्थाहरुमा आर्थीक तरलता आउने अर्थशास्त्री दिलनाथ दंगालले बताउनु भयो ।

उज्यालो खवरसँगको संक्षीप्त कुराकानीमा उहाँले बैकं तथा वित्तिय सस्थाहरुमा बचत गर्ने भन्दा ऋण माग गर्ने बढि भएका कारण पनि यस्तो स्थिती आएको बताउनु भयो ।

कोरोनाको जोखिम कम हुँदैजादा नागरिकले विभिन्न क्षेत्रमा लगानी बढाउने योजना बनाए । योजना अनुसार लगानीका लागि वित्तिय सस्था धाउन थाले । लामो समय पैसा लगानी गर्नबाट रोकिएका वित्तिय सस्था हौसिएर लगानी बढाए ।

अहिले बजारमा लगानी भएको रकम संकलन पनि सकेको छैन । त्यसैले निक्षेप संकलन कम र ऋण प्रवाह बढ्यो । यहि कारणले गर्दा अहिले सम्म बैक तथा वित्तिय सस्थाहरुले अहिले सम्म लगानी गर्न नसकेका हुन ।

सरकारले आफ्नो पुजिगत खर्चलाई चलायमान गराएर पूर्वाधार विकासको क्षेत्रमा खर्च नगरे सम्म बैक तथा   वित्तिय सस्थाहरुमा आर्थीक तरलता निम्ती रहने दंगलले बताउनु भयो । तर अव चुनावको संघारमा आएको सरकारले त्यस प्रकारको खर्च समेत गर्न सक्ने स्थिती नरहेकोले यो आर्थीक वर्षभरी बैकं तथा वित्तिय सस्थाहरुले लगानी गर्न सक्ने स्थिती आउन नसक्ने उहाँको दावि छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।