काठमाडौं : बाँकेको भेरी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पुस २४ गते अस्पताल भर्ना भएका जिल्लाको खजुरा गाउँपालिका–२ का ८५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन तेज ओलीले जानकारी दिए।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ४७ पुगेको छ।