फोक्सोका रोगी

फोक्सोको रोग बढ्नुको कारणमध्ये  :  दूषित पानी एक हो

 

 

 

काठमाडौँ — फोक्सोका रोगीको संख्या बढ्नुको प्रमुख कारणमध्ये पानी पनि एक भएको अध्ययनले देखाएको छ । पुल्चोक क्याम्पसका केमिकल इन्जिनियरिङका विद्यार्थी समूहले काठमाडौं उपत्यकाको खानेपानीको अध्ययन तथा परीक्षण गर्दा उक्त तथ्य पत्ता लगाएको हो ।

‘प्रत्येक वर्ष फोक्सोका रोगीको संख्या बढ्नुको प्रमुख कारण पानी एउटा हो र त्यसमा बढी मात्राको ‘डिसल्भ्ड एमोनिया’ पनि रहेको छ,’ विद्यार्थी समूहले खानेपानी मन्त्री उमाकान्त चौधरीलाई बुझाएको प्रतिवेदनमा छ, ‘विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको १ दशमलब ५ मिलिग्राम प्रतिलिटरभन्दा बढी मात्रामा करिब २ देखि ३ मिलिग्राम प्रतिलिटर डिसल्भ्ड एमोनिया, पानीमा घुलित एमोनिया पाइएको छ ।’

विद्यार्थीले केमिकल इन्जिनियरिङ विभाग प्रमुख प्रा.डा. रामकुमार शर्मा र प्राध्यापक हेमराज पन्तको सुपरीवेक्षणमा अध्ययन तथा परीक्षण गरेका हुन् । अध्ययन तथा परीक्षणमा विद्यार्थी अनिश अधिकारी, एलिना लामिछाने, आयुस पन्थी र अमृत खनाल संलग्न थिए ।

उनीहरूले उपत्यकाको आठ ठाउँको खानेपानीको स्रोतबाट नमूना संकलन गरी गुणस्तरका १५ ओटा मापकको परीक्षण गरेका थिए । उनीहरूले संकलित नमूनालाई पुल्चोक क्याम्पसको एप्लाइड साइन्स तथा केमिकल इन्जिनियरिङ विभागको रिसर्च ल्याबमा परीक्षण गरेका हुन् ।

‘अब छिट्टै काठमाडौं उपत्यकाका प्राचीन महत्त्वका ढुङ्गेधाराहरूको अध्ययन गर्नेछौं,’ विद्यार्थी अनिश अधिकारीले भने ।

विद्यार्थी समूहले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड कार्यन्वयन निर्देशिका, २०६२ लाई परिमार्जन गर्न सुझाएका छन् । त्यसैगरी गुणस्तर मापन लगायतका ठाउँमा दक्ष केमिकल इन्जिनियरहरूको परिचालन गर्न भनेका छन् ।

खानेपानीमन्त्री उमाकान्त चौधरीलाई पुल्चोक क्याम्पसका केमिकल इन्जिनियरिङका विद्यार्थी समूहले काठमाडौं उपत्यकाको खानेपानीको अध्ययन तथा परीक्षण प्रतिवेदन बुझाएपछि विद्यार्थी समूह ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले