दुर्घटना

इटहरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु

 

 

इटहरी / सुनसरीको इटहरी स्थित पीपल चौकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तरहराबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ६१०८ नम्बरको तेलको ट्याङ्करमा सोही दिशाबाट आउँदै गरेको को १ ह ६४४१ नम्बरको ट्याम्पो पछाडिबाट ठक्कर हुँदा एकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धरान १५ बस्ने ५६ वर्षीय योगेन्द्र बजगाईँ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएपनि डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार चार जना घाइते भएका छन् ।

घाइतेहरूमा ट्याम्पोमा सवार धरान १३ बस्ने ३४ निलु बर्मा, उनकै छोरी ११ बर्सिया निराशा बर्मा, ४ बर्सिया बिप्याङ्कि बर्मा सामान्य घाइते रहेका छन् । ती मध्ये निलुको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै, अर्का घाइते अन्दाजी ४० वर्षीय रोशन बस्नेतको भने इटहरीमै रहेको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्याङ्कर चालक बराहक्षेत्र ८ बस्ने ३४ वर्षीय लव नारायण चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ । ट्याम्पो तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा