कोरोना जाँच

एक पटक पोजिटिभ आएपछि गल्तीले पनि दोश्रो पटक पीसीआर नगराउनुहोस्,

image-covid-19-pcr-fit-for-travel-test-1644

 

 

 

झापा \

कोरोना जाँच रिपोर्ट पोजिटिभ आए पछि मानिसहरु आइसोलेसनमा जान्छन् । १० देखि १४ दिन क्वारिन्टीनमा रहेपछि उनीहरुको सामुन्ने ठूलो सवाल यो हुन्छ कि अब उनीहरुलाई फेरि कोरोना टेस्ट गराउनुपर्दछ जबकी उनीहरु एक दम स्वस्थ महशुस गरिरहेका छन् ।

कैयौं मानिसहरु जब आइसोलेसनबाट बाहिर आउनुभन्दा पहिला आफ्नो र अरु व्यक्तिको सुरक्षा सुनिश्चित गराउनको लागि जब जाँच गराउँदछन् तब उनको रिपोर्ट फेरि एक पटक पोजिटिभ आउँदछ यस्तोमा प्रश्न उठ्दछ कि के तिनीहरु ऋझै पनि संक्रमित छन् ?

यसको जवाफमा अमेरिकाको टप डाक्टर र महामारी विशेषज्ञ फहीम युनुसले जो अमेरिकाको युनिवर्सिटी अफ मेरिलैंडमा महामारी मामिलाको प्रमुख डाक्टर पनि हुन् ट्वीट गर्दै बताएका छन् कि कहिल्यै पनि कोभिड पोजिटिभ आएपछि दोश्रो पटक पीसीआर नगराउनुस् ।

यसभन्दा पहिले पनि उनले महामारी सम्बन्धमा मानिसहरुलाई सही जानकारी र चेतावनी दिंदै आएका छन् । गएको महिना उनले भनेका छन् कि ओमिक्रान भेरियन्टलाई हल्कामा नलिऔं, किनकी उनको अस्पतालमा सारा भेन्टिलेटर भरिएका छन् ।

भाइरसको मृत कणलाई पहिचान गरेको पीसीआर

आफ्नो हालैको ट्वीटमा फहीमले बताएका छन् कि प्रश्नः मलाई कोभिड भएको थियो । म १० दिन आइसोलेसनमा रहें तर दोश्रो पटक पनि पीसीआर टेस्ट पोजिटिभ आयो ।

अब के गर्ने ? उनले लेखेका छन्, बधाइ छ, तपाई कोभिडबाट रिकभर भैसक्नु भएको छ । पीसीआर टेस्ट भाइरसको मृत कणलाई पनि पहिचान गरिरहेको छ । आइसोलेसनलाई खतम गर्नुस् तपाई संक्रमित हुनुहुन्न । एक पटक कोभिड पोजिटिभ आएपछि कहिल्यै पनि दोश्रो पटक पीसीआर नगराउनुहोस् ।

शेयर गरे कोरोना पोजिटिभ हुने अनुभव

डाक्टर फहीम युनुसलाई हालै कोरोना भएको थियो अब उनी यसबाट ठीक भैसकेका छन् । ओमिक्रानबाट ठीक भएपछि उनले आफ्नो अनुभव शेयर गर्दै लेखेका छन् कि कसरी ओमिक्रान पोजिटिभ भएपछि उनले यसको मुकाबिला गरे र के के सावधानी अपनाएर चाँडै ठीक हुन मद्दत मिल्यो ।

पुरस्कार विजेता चिकित्सक डाक्टर फहीमले बताए कि उनलाई दुई हप्ता पहिला लक्षण देखिएको थियो र उनको रिपोर्ट पोजिटिभ आएको थियो । तर केही उपायहरुलाई ध्यानमा राखेर यसबाट ठीक हुन उनलाई मद्दत मिल्यो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित