लोकसेवामा लगानी

निजामती कर्मचारी उत्पादनमा दमक नगरपालिकाको लगानी, सुरु भयो निशुल्क ५० दिने तालिम (भिडियो सहित)

दमक/
झापाको दमक नगरपालिकाले विभिन्न सिपमुलक तालिमकाकालागि कार्यक्रम बनाउँदै आएको छ । बिगत केहि वर्ष देखि भने नयाँ क्षेत्रमा लगानी गरिरहेको छ । नगरले आफ्नै क्षेत्रबाट पनि निजामती क्षेत्रमा समेत कर्मचारी उत्पादन हुन सकुन भन्ने लक्ष्यका साथ वार्षिक कार्यक्रम नै बनाएर कार्यान्वायन गरिरहेको छ ।

बिगत ३ वर्ष देखी नगरपालिकाले बजेटबाटै सम्बोधन गरेर निशुल्क रुपमा दमकका यूवाहलाई लोकसेवा सम्बन्धीको कक्षा दिइरहेको छ । यो वर्ष पनि १ सय जना विद्यार्थीका लागि निशुल्क लोकसेवा कक्षाको सुभारम्भ गरिएको छ । बिहिबार उद्धघाटन गरिएको कक्षा निरन्तर ५० दिन सम्म सञ्चालन हुने छ । तालिमको नगर प्रमुख रोमनाथ ओलीले उद्धघाटन गर्नु भयो । दमक ६ स्थित ग्लोबल एजुकेशन एकेडेमीको सभाहलमा भएको कार्यक्रममा तालिमममा सहभागी हुने प्रशिक्षार्थीका साथमा उद्धघाटन गरिएको हो ।

दमक ५ एस एन मार्केटमा रहेको सिएससिआई एजुकेशन फाण्डेशनले तालिम सञ्चालन गर्ने भएको हो । लोकसेवाको क्षेत्रमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त प्रशिक्षकद्धारा प्रशिक्षण दिइने सञ्चालक सस्थाका प्रन्सिपल राजु गौतमले जानकारी दिनुभयो ।

यस प्रकारको तालिमले यूवाहरुलाई लोकसेसवामा आकर्षण बढाउनुका साथै लोकसेवाका बारेमा जानकारी समेत प्राप्त हुने विस्वास नगरको रहेको छ । कार्यक्रममा नगरका प्रमुख रोमनाथ ओलीले यो तालिमको अधिकतम् फाईदा उठाएर लोकसेवामा नाम निकाल्न प्रशिक्षार्थीहरुलाई सुभाकामना दिनुभयो । दत्तचित्त भएर तालिम लिने र आफ्नो लक्ष निर्धारण गरेर सिक्ने हो भने यो क्षेत्रमा सफल बन्न सकिने भन्दै उहाँले सुभकामना दिनु भयो ।


यस्तै नगरकी उप प्रमुख गीता अधिकारीले लोकसेवा पैसा तिरेर पढ्न निकै खर्च लाग्ने र दमक बाहिर जानुपर्ने बाध्यता समेत रहेकोले पैसा तिर्न नसक्ने र लोकसेवाको क्षेत्रमा काम गर्ने सपना देखेका यूवाहरुकालागी लक्षीत गरिएको उल्लेख गर्नु भयो ।

केहि वर्ष अघि सम्म लोकसेवा क्षेत्रमा नेपालको पश्चिमी क्षेत्रका नागरिकको मात्रै चासो रहने गरेकोमा पूर्वमा पनि यसको महत्व विस्तार गर्न समेत यो कार्यक्रमले मद्यत पुर्याउने उहाँले बताउनु भयो । कर्मचारी बृत्त हेर्ने हो भने अधिकांस पश्चिम जिल्लाका छन् । पूर्वतिरका कमै मात्र उत्पादन भएकोले यो क्षेत्रमा पूर्व र त्यसमापनि दमकबाट समेत योगदान पुग्नु पर्छ भनेर यस प्रकारको कार्यक्रमलाई निति तथा कार्यक्रमै राखेर अघी बढीएको उहाँले उल्लेख गर्नुभयो ।

तालिम विगत ३ वर्षदेखी हुँदै आएको छ । हरेक वर्ष १ सय जना विद्यार्थीलाई प्रशिक्षण दिइदै आइएको छ । यहि तालिममा सहभागी मध्येबाट १४ जनाले परिक्षामा सहभागी भएर नाम समेत निकालीसकेको र विभिन्न स्थानीय तह लगायत सरकारी निकायहरुमा सेवा सुरु गरिसकेको समेत कार्यक्रम सञ्चालन गर्ने सस्था सिएससिआइका प्रन्सिपल गौतमले बताउनु भयो ।
भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा

जनस्वास्थ्य सुधारका लागि सुर्तीजन्य पदार्थमा भारी कर वृद्धिको माग

काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत

बागमती नदीमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

सर्लाही,१० जेठ । रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत अवस्थामा फेला परेका छन्।

मौसम परिवर्तनसँगै त्वचामा समस्या ? ग्लोरी ब्युटी पार्लरमा विशेषज्ञद्वारा ’स्किन टेस्ट’ सेवा

दमक,१० जेठ ।सुन्दरता—चाहे महिला होस् या पुरुष, सबैको व्यक्तित्वको एउटा आकर्षक पाटो हो। सुन्दर देखिने चाहना र हतारोमा हामी कतिपय अवस्थामा जानी–नजानी ठूला गल्तीहरू गरिरहेका

सगरमाथामामा पुगेर यसरि आफ्नो खु : शी साट्दै सेन्साई पेमा वाइबा

सोलुखुम्बु,१० जेठ । नेपाली हिमाल आरोही, फिल्ममेकर तथा हिमाली कथाकार सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफल आरोहण गर्नु भएको छ ।