अस्पताल

पाँचथर अस्पतालमा अक्सिजन प्लान्ट जडान

 

 

 

 

 

झापा /

प्रदेश–१ सरकारको लगानीमा प्लान्ट जडान गरिएको अस्पतालले जनाएको छ । ९७ लाख २८ हजार लागतमा अक्सिजन प्लान्ट जडान गरिएको हो । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न गत आर्थिक वर्षदेखि काम सुरु गरिएको थियो । जडान गरिएको प्लान्टले प्रतिदिन ३० सिलिन्डर अक्सिजन भर्नेछ ।

त्यस्तै ३५ वटा बेडमा एकैपल्ट अक्सिजन आपूर्ति गर्नेछ । यद्यपि अहिलेलाई भने उक्त प्लान्टबाट सिलिन्डरमा अक्सिजन मात्र भरिने छ । वेडमा अक्सिजन आपूर्ति भने निर्माणधीन पाँचथर अस्पतालको भवन सम्पन्न भएपछि मात्र हुने छ । वेडमा अक्सिजन आपूर्तिका लागि बन्दै गरेको भवनमा पाइपलाइन राखिएको छ ।

जिल्ला अस्पताल पाँचथरका प्रमुख डा.बुद्धिबहादुर थापाका अनुसार उक्त अक्सिजन प्लान्टबाट एकैपटक तीन वटा सिलिन्डर भर्न सकिनेछ । थापाका अनुसार एउटा सिलिन्डर भर्न ४० मिनेट समय लाग्ने छ ।

पाँचथर अस्पतालमा छिमेकी जिल्ला ताप्लेजुङ र तेह्रथुमको आठराई र फेदाप क्षेत्रका बिरामी उपचारका लागि आउने गर्दछन् । छिमेकी जिल्लाका मानिस विशेष गरी प्रशुती गराउन पाँचथर अस्पताल आउने अस्पतालले जनाएको छ ।

अक्सिजन प्लान्ट जडान भएसँगै अब अक्सिजनका सिलिन्डर भर्न झापा पठाउनुपर्ने बाध्यता हटेको अस्पतालका प्रमुख डा.थापाले बताए । यसअघि कोरोनाको दोस्रो लहरको समयमा जिल्लामा अक्सिजनको अभाव भएको थियो । अब त्यस्तो समस्या खेप्नु नपर्ने थापाको भनाइ छ ।

अस्पतालको निर्माणाधीन भवन सम्पन्न भएपछि आवश्यक पर्ने बिरामीका लागि बेडमै अक्सिजन पुग्ने पनि अस्पतालले जनाएको छ । तर, नयाँ भवनको निर्माण कार्य ढिलाइ भएको सरोकारवालाले बताए ।

भवन निर्माण ठेकेदार कम्पनीले आगामी चैत महिना सम्मका लागि तेस्रोपल्ट म्याद थपेको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष विष्णुप्रसाद सापकोटाले चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निरन्तर ताकेता गरिरहेको बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ

बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार

जेनजी आन्दोलनको क्षति : ऐतिहासिक भवन पुनर्निर्माण अन्योलमा

काठमाडौं,३ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमल स्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित

उदयपुरमा हुरी : दुईको मृत्यु, छ जना घाइते

उदयपुर,३ चैत। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल

“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु