अस्पताल

पाँचथर अस्पतालमा अक्सिजन प्लान्ट जडान

 

 

 

 

 

झापा /

प्रदेश–१ सरकारको लगानीमा प्लान्ट जडान गरिएको अस्पतालले जनाएको छ । ९७ लाख २८ हजार लागतमा अक्सिजन प्लान्ट जडान गरिएको हो । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न गत आर्थिक वर्षदेखि काम सुरु गरिएको थियो । जडान गरिएको प्लान्टले प्रतिदिन ३० सिलिन्डर अक्सिजन भर्नेछ ।

त्यस्तै ३५ वटा बेडमा एकैपल्ट अक्सिजन आपूर्ति गर्नेछ । यद्यपि अहिलेलाई भने उक्त प्लान्टबाट सिलिन्डरमा अक्सिजन मात्र भरिने छ । वेडमा अक्सिजन आपूर्ति भने निर्माणधीन पाँचथर अस्पतालको भवन सम्पन्न भएपछि मात्र हुने छ । वेडमा अक्सिजन आपूर्तिका लागि बन्दै गरेको भवनमा पाइपलाइन राखिएको छ ।

जिल्ला अस्पताल पाँचथरका प्रमुख डा.बुद्धिबहादुर थापाका अनुसार उक्त अक्सिजन प्लान्टबाट एकैपटक तीन वटा सिलिन्डर भर्न सकिनेछ । थापाका अनुसार एउटा सिलिन्डर भर्न ४० मिनेट समय लाग्ने छ ।

पाँचथर अस्पतालमा छिमेकी जिल्ला ताप्लेजुङ र तेह्रथुमको आठराई र फेदाप क्षेत्रका बिरामी उपचारका लागि आउने गर्दछन् । छिमेकी जिल्लाका मानिस विशेष गरी प्रशुती गराउन पाँचथर अस्पताल आउने अस्पतालले जनाएको छ ।

अक्सिजन प्लान्ट जडान भएसँगै अब अक्सिजनका सिलिन्डर भर्न झापा पठाउनुपर्ने बाध्यता हटेको अस्पतालका प्रमुख डा.थापाले बताए । यसअघि कोरोनाको दोस्रो लहरको समयमा जिल्लामा अक्सिजनको अभाव भएको थियो । अब त्यस्तो समस्या खेप्नु नपर्ने थापाको भनाइ छ ।

अस्पतालको निर्माणाधीन भवन सम्पन्न भएपछि आवश्यक पर्ने बिरामीका लागि बेडमै अक्सिजन पुग्ने पनि अस्पतालले जनाएको छ । तर, नयाँ भवनको निर्माण कार्य ढिलाइ भएको सरोकारवालाले बताए ।

भवन निर्माण ठेकेदार कम्पनीले आगामी चैत महिना सम्मका लागि तेस्रोपल्ट म्याद थपेको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष विष्णुप्रसाद सापकोटाले चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निरन्तर ताकेता गरिरहेको बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो