आईपीओ

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्यो

thumb (6)

 

 

काठमाडौँ — करिब ६ महिनासम्म रोकिएको प्राथमिक सेयर (आईपीओ) शुक्रबारबाट खुल्न थालेको छ । शुक्रबारदेखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुलेको छ । सो कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सोमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी ४ लाख ८७ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।

कम्पनीको आईपीओमा माघ २५ गतेसम्म आवेदन दिन सकिनेछ । एक व्यक्तिले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार २२० कित्तासम्म आवेदन दिन सकिनेछ । सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा अनलाइन प्रणाली सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ । बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

सो कम्पनीको आईपीओ बिक्री बन्द भइसकेपछि अर्थात माघ २६ गतेदेखि इमर्जिङ नेपालको खुल्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ५ लाख ५५ हजार ६ सय कित्ता अर्थात ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्नेछ । फागुन १ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । जसमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।

त्यस्तै माघ २७ गतेदेखि प्रभावित स्थानीयका लागि बलेफी हाइड्रोपावरको आईपीओ खुल्ने भएको छ । स्थानीयका लागि आईपीओ खुलाइसकेपछि सर्वसाधारणका लागि कम्पनीले आईपीओ निस्कासन गर्नेछ । सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रहरु जुगल गाउँपालिका वडा नम्वर २,३ र ४ का लागि १० लाख ९६ हजार ७८२ कित्ता र प्रशारणलाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नम्वर १, ३, ६ तथा ७ र सुनकोसी गाउँपालिकाको वडा नम्वर ७ का लागि ७ लाख ३१ हजार १८८ कित्ता सेयर निस्कासन हुने छ । यो कम्पनीको आईपीओमा प्रभावित स्थानीयले फागुन १२ गतेसम्म आवेदन दिन सक्ने छन् । ३६ मेगावाट क्षमताको यस आयोजना रनअफ रिभरमा आधारित हो । कुल लागत ७ अर्ब ६५ करोड लाग्ने अनुमान छ ।

अरु ३ कम्पनीको आईपीओ पनि दुई महिनाभित्रै आउने छ । ग्रीन भेन्चर हाइड्रोपावर, नेस्डो समृद्धि लघुवित्त र राष्ट्रउत्थान सामुदायिक लघुवित्तको आईपीओ आउने छ । यी ३ कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका छन् । ग्रीन भेन्चरले ६२ लाख ५० हजार, नेस्डोले ८ लाख २८ हजार ७५० र राष्ट्रउत्थानले ८ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको आईपीओ निष्कासन गर्नेछन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन