सरस्वती माताको पूजा

विद्यालयमा आज सरस्वती पूजाआराधना गरी मनाइने

 

 

 

 

नेपालमा विभिन्न चाडपर्वहरू मनाइन्छन् । यी चाडपर्वहरूका आ–आफ्नै विशेषताहरू छन् । यी चाडपर्वहरू मनाउँदा एक किसिमको आनन्दको अनुभूति हुन्छ, जसले मानिसहरूलाई नयाँ किसिमको जोस, जाँगर तथा ऊर्जा पनि प्रदान गर्न सक्छ । आज माघ शुक्ल पञ्चमी । आजका दिनलाई श्रीपञ्चमी पनि भनिन्छ । आजैका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरी मनाइने गरिन्छ ।

हातमा वीणा र पुस्तक लिएकी,चन्द्रमा जस्तो गोरो वर्ण भएकी, सेतो हाँसमा बसेकी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, चन्द्रघण्टा आदि विभिन्न नामले पनि पुकार्ने गर्दछन् । सरस्वती विद्या र सिर्जनाकी देवी हुन् ।

त्यसैले विशेष गरी विद्यार्थी, शिक्षक, शिक्षिका, पत्रकार, कलाकार, साहित्यकार, सङ्गीतकार, लेखक आदिले आ–आफ्ना कला साधनाका वस्तु वा विद्या प्राप्त गर्ने वस्तु कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई सरस्वतीको रूप मानी पूजाआजा गर्ने गर्दछन् ।

अहिले जाडोको मौसम छ । कतै हिउँ परेर झन् चिसो बढेको छ भने कतै पानी परेर वातावरणमा अत्यधिक चिसोपन बढाएको छ । तर, आजको दिन जतिसुकै  चिसो वा जाडो भए पनि विद्यार्थी भाइबहिनीहरू नुहाइ धुवाइ गर्दछन् भने धर्ममा आस्था राख्ने महानुभावहरू पनि आज बिहानै नुहाइ धुवाइ गरी स्वच्छ र सफा हुन्छन् ।

विद्यालयमा सजाइएका रङ्गीन तोरणहरूले वातावरणमा आकर्षण बढाएको हुन्छ भने आजका दिन विद्यार्थी भाइबहिनीहरू पनि आ–आफ्नै किसिमका मनमोहक पोसाक लगाई विद्यालय जान्छन् र सरस्वती माताको निष्ठापूर्वक पूजाआजा गर्दछन् । पूजाआजा सकेपछि बुनिया, वयर, सुन्तला, उखु आदि मिश्रित प्रसाद खान्छन् ।

कतिपय विद्यार्थीहरू आजको दिन बिहानै नुहाइ धुवाइ गरी मन्दिर पनि जाने गर्दछन् र त्यहाँ सरस्वती माताको पूजाआजा गर्दछन् । कोरोनाको तेस्रो लहरको कारण विद्यालयहरु बन्द छन् तर वैकल्पिक माध्यमबाट शिक्षा लिने दिने काम भइरहेको छ । तथापि भक्तजनहरू मन्दिर जान सक्छन् वा घरमै बसेर पनि  आफ्नै कापी, कलम आदिलाई पूजा गरेर पनि सरस्वती मातालाई श्रद्धा प्रकट गर्न सक्दछन् ।

आजैका दिन सरस्वती मातालाई श्रद्धापूर्वक पूजाआजा गरी बालबालिकाहरूलाई विद्या आरम्भ पनि गराउने प्रचलन छ ।आजका दिन विवाह,व्रतवन्ध,गुफा राख्ने,बेल विवाह(इही) राख्नेआदि जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेरिरहनु नपर्ने मान्यता छ । आजैका दिन बालबालिकाहरूको नाक, कान छेड्न पनि शुभ मानिन्छ ।

आजका दिन काठमाडौंको स्वयम्भू, मैतीदेवी, गैरी धारास्थित नील सरस्वती, ललितपुरको लेले, धरानको पिण्डेश्वरीस्थित सरस्वती कुृण्ड लगायत देशका विभिन्न स्थानमा रहेका सरस्वतीका मन्दिरहरूमा भक्तजन तथा विद्यार्थीहरूको घुइँचो हुने गर्दछ । सूर्य उत्तरतिर लागी दिन लामो हुने तथा वसन्त ऋतु प्रारम्भ हुने विश्वास पनि लिइन्छ ।

त्यसैले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । आजको दिन हनुमान ढोका दरबारमा वसन्त श्रवण गरिन्छ । वसन्त श्रवणमा राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुने गर्दछ र राष्ट्रपतिद्वारा वसन्त श्रवण गरिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टर्किएलाई हराएर अष्ट्रेलिया समूह ’डी’ को दोस्रो स्थानमा

काठमाडौं,३१ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित

भारतको नयाँ नियमले नेपाली चिया संकटमा

इलाम,३१ जेठ।नेपाली चियामा भारतले कडा प्राविधिक झन्झट थपेपछि इलामको सूर्योदय क्षेत्रका तिरपन्न वटा अर्थोडक्स चिया उद्योगहरू आगामी असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुने भएका

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले