आज्ञा नमान्नेहरु पाखण्डी : मेयर

ट्याक्सीस्ट्याण्डमा ट्याक्सी नदेखेपछि दमकका मेयरको आक्रोश

दमक,  २६ बैशाख |  झापाको दमक नगरपालिकाले दमक चोकबाट ट्याक्सी स्ट्याण्ड दमक ७ को पशुहाटस्थित खुल्ला स्थानमा स्थानान्तरण गरेको एक बर्ष पुरा भएको छ । तर, हिड्दैछ पाईला मेट्दैछ भनेझै स्ट्याण्ड सारेको बर्षदिन नबित्दै दमक ७ मा उपलब्ध गराईएको स्ट्याण्ण छाडेर कतिपय ट्याक्सीहरु साबिककै स्थानमा बस्ने गरेका छन् । यस प्रति दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले आपत्ति जनाउनुभएको छ ।

एक बर्षअघि दमकको मुख्य चोकमा रहेका ट्याक्सीहरुलाई व्यवस्थित रुपमा राख्ने भन्दै दमक ७ मा रहेको खुल्ला स्थानमा स्थानान्तरण गरियो । तर, स्थानान्तरणको केहि समयपछिनै सो स्थानमा केहि बाहेक अरु ट्याक्सीहरु पुरानै स्थानमा फर्किए ।

स्ट्याण्ड सारेको एक बर्ष पुरा भएको अवसरमा स्वरोजगार हलुका सवारी श्रमिक संस्थाले आयोजना गरेको एक कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका दमक नगर प्रमुख राम कुमार थापाले यसरी नगरले उपलब्ध गराएको स्थानमा आउन नमान्नेहरुलाई पाखण्डीको संज्ञा दिनुभएको छ ।

नगरपालिकाले अर्को स्थायी व्यवस्था नहुञ्जेलसम्मका लागि तत्काल व्यवस्थापन गर्नका लागि यो स्थान उपलब्ध गराईएको तर, केहि छुद्र नेताहरुको कारणले अहिले पुन समस्या निम्तिएको नगर प्रमुख थापाको आरोप छ ।

दोहोरो चरित्र देखाउनेहरुको दमकमा कमी नभएको बताउदै उहाले यस बिषयलाई जित हारको बिषय नबनाउँनपनि आग्रह गर्नुभयो ।

 

उता, स्वरोजगार हलुका सवारी श्रमिक संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठले स्थानीय सरकारको कमजोरीकै कारण समस्या आएको बताउनुभयो । उहाले स्थानीय सरकारले तदारुकता देखाउने हो भने सबै समस्या समाधान हुने उल्लेख गर्नुभयो ।

स्ट्याण्ड सारेपछि पनि स्थानीय सरकारले तोकेको ठाउँमा आउन नमान्नेलाई भटाभट कार्बाही गर्ने हो भने पनि समस्या समाधान भएर जाने उहाको भनाइ थियो ।

यसैबिच, दमक चोकबाट ट्याक्सी स्ट्याण्ड दमक ७ को पशुहाटस्थित खुल्ला स्थानमा स्थानान्तरण गरेको एक बर्ष पुरा भएका अबशरमा स्वरोजगार हलुका सवारी श्रमिक संस्थाले हाल नगरले उपलब्ध गराएको ट्याक्सी स्ट्याण्डमा सरसफाई कार्यक्रमको समेत आयोजना गर्यो ।

 

 

सरसफाई कार्यक्रममा हलुका सवारीका सवारी धनि तथा चालक, ईलाका प्रहरी कार्यालय दमक, दमक ट्राफिक, स्थानीय संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर