सडक अपरेशनमा प्रहरी

दमकमा प्रहरीले चलाउँदै छ यस्तो ‘अपरेशन’, लापरबाही र हेपाईको अन्त्य गरिने

एक साताको अवधिमा १२० थान मोटरसाइकल प्रहरीको नियन्त्रणमा । झापाको दमकमा ट्राफिक नियम उल्लंघनका घटना बढ्न थालेको ब्यापक जनगुनाशोपछि प्रहरी र ट्राफिक प्रहरीले संयुक्त अभियान सुरु गरेका छन् ।

दमक ३१, बैशाख / के तपाई यातायात र मालवाहक साधनको चालक हो ? अनि त्यस्ता साधन चलाउदा ट्राफिक नियम बिपरीत चलाइरहनुभएको छ ? यदि त्यसो गर्दै हुनुहुन्छ भने दमक आसपासमा अब भने तपाईको लापरबाही र हेपाईको अन्त्य हुँदैछ ।

 

यस्तो क्रियाकलापमा संलग्नलाई दमकमा इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान नै सञ्चालन गरेर तपाईलाई कानुनको फन्दामा पारिरहेको छ । अब विचार गरेर मात्र साधन चलाउनुहोला, नत्र परिएला ट्राफिकको फन्दामा । विशेष गरि रातको समयमा ट्राफिक प्रहरी र नेपाल प्रहरीले बिशेष अभियाननै सञ्चालन गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख रामप्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।

विशेष गरि दुई पांग्रे यातायातका साधनलाई त्यसको स्वरुप परिवर्तन गरि चलाउने, ध्वनी प्रदुषण हुने गरि तिब्र गतिमा चलाउने, हेलमेट नलगाई चलाउने लगायत बिभिन्न ट्राफिक नियम उल्लंघन गरि साधन चलाउनेहरुमाथि प्रहरीले एक्सन लिइरहेको हो । एक साताको अवधिमा यस्ता गतिविधिमा संलग्न १२० थान मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

जसबाट ७५ हजार रुपैयाँ राजश्व समेत असुल भएको छ भने त्यस्ता गतिविधिमा संलग्न चालकलाई कानुनी कारबाही गरेर नियन्त्रणमा लिइएका उनीहरुका साधन जिम्मा लगाइएको छ । यो अभियानमा कुनै सोर्स फोर्स नचल्ने र सिधै कानुनको कारबाही अघि बढ्ने तिम्सिनाको भनाई छ ।

 

झापाको दमकमा ट्राफिक नियम उल्लंघनका घटना बढ्न थालेको ब्यापक जनगुनासो पछि प्रहरी र ट्राफिक प्रहरीले संयुक्त अभियान सुरु गरेका छन् । विशेष गरि रातको समयमा मादक पदार्थ सेवन गरि साधन चलाउने, मोटरसाइकल मोडिफाई गरि चलाउने तथा ट्राफिक नियम उल्लंघन गर्नेहरुमाथि प्रहरीले एक्सन लिन सुरु गरेको हो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी