सडक अपरेशनमा प्रहरी

दमकमा प्रहरीले चलाउँदै छ यस्तो ‘अपरेशन’, लापरबाही र हेपाईको अन्त्य गरिने

एक साताको अवधिमा १२० थान मोटरसाइकल प्रहरीको नियन्त्रणमा । झापाको दमकमा ट्राफिक नियम उल्लंघनका घटना बढ्न थालेको ब्यापक जनगुनाशोपछि प्रहरी र ट्राफिक प्रहरीले संयुक्त अभियान सुरु गरेका छन् ।

दमक ३१, बैशाख / के तपाई यातायात र मालवाहक साधनको चालक हो ? अनि त्यस्ता साधन चलाउदा ट्राफिक नियम बिपरीत चलाइरहनुभएको छ ? यदि त्यसो गर्दै हुनुहुन्छ भने दमक आसपासमा अब भने तपाईको लापरबाही र हेपाईको अन्त्य हुँदैछ ।

 

यस्तो क्रियाकलापमा संलग्नलाई दमकमा इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान नै सञ्चालन गरेर तपाईलाई कानुनको फन्दामा पारिरहेको छ । अब विचार गरेर मात्र साधन चलाउनुहोला, नत्र परिएला ट्राफिकको फन्दामा । विशेष गरि रातको समयमा ट्राफिक प्रहरी र नेपाल प्रहरीले बिशेष अभियाननै सञ्चालन गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख रामप्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।

विशेष गरि दुई पांग्रे यातायातका साधनलाई त्यसको स्वरुप परिवर्तन गरि चलाउने, ध्वनी प्रदुषण हुने गरि तिब्र गतिमा चलाउने, हेलमेट नलगाई चलाउने लगायत बिभिन्न ट्राफिक नियम उल्लंघन गरि साधन चलाउनेहरुमाथि प्रहरीले एक्सन लिइरहेको हो । एक साताको अवधिमा यस्ता गतिविधिमा संलग्न १२० थान मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

जसबाट ७५ हजार रुपैयाँ राजश्व समेत असुल भएको छ भने त्यस्ता गतिविधिमा संलग्न चालकलाई कानुनी कारबाही गरेर नियन्त्रणमा लिइएका उनीहरुका साधन जिम्मा लगाइएको छ । यो अभियानमा कुनै सोर्स फोर्स नचल्ने र सिधै कानुनको कारबाही अघि बढ्ने तिम्सिनाको भनाई छ ।

 

झापाको दमकमा ट्राफिक नियम उल्लंघनका घटना बढ्न थालेको ब्यापक जनगुनासो पछि प्रहरी र ट्राफिक प्रहरीले संयुक्त अभियान सुरु गरेका छन् । विशेष गरि रातको समयमा मादक पदार्थ सेवन गरि साधन चलाउने, मोटरसाइकल मोडिफाई गरि चलाउने तथा ट्राफिक नियम उल्लंघन गर्नेहरुमाथि प्रहरीले एक्सन लिन सुरु गरेको हो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर