स्वास्थ्य बिमामा बैमानी

झापामा कर्मचारी अभावले बीमित सेवाग्राहीको डाटा ईन्ट्रि नै भएन, भिडिओ रिपोर्ट

अस्पतालले बिरामीलाई मापदण्ड भित्र परेका औषधि नदिएको गुनासो सुनिन्छ । त्यतीमात्र होईन, झापामा भने कर्मचारी अभाबले बिमित सेवाग्राहीको डाटा ईन्ट्रिनै नभएपछि सेवाग्राहीले सास्ती मात्र पाईरहेका छैनन्,

दमक, ३, जेठ  । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा सेवाग्राहीले सुविधा भन्दा बढि सास्ती खेप्नु परिरहेको छ । स्वास्थ्य बीमा हरेक सेवाग्राहीका लागि नखाउ भने दिनभरीको शिकार खाउँ भने कान्छा बाउको अनुहार भनेझै भइरहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम मार्फत ५ जनासम्मको परिवारको ३ हजार ५ सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले १ लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ ।

बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ४ सय ४० अस्पताललाई सूचीकृत गरेको छ । ती अस्पतालमा उपचार बीमा लागू गरेका परिवारका सदस्यले वार्षिक १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार गराउँन पाउँछन । उक्त बीमाको प्याकेज अर्थात सुविधा थैली अनुसार अस्पतालले १ हजार १ सय ३३ प्रकारका औषधि उपलब्ध गर्नुपर्छ । तर, अस्पतालले बिरामीलाई मापदण्ड भित्र परेका औषधि नदिएको गुनासो सुनिन्छ । त्यतिमात्र होइन, झापामा भने कर्मचारी अभावले बिमित सेवाग्राहीको डाटा ईन्ट्रिनै नभएपछि सेवाग्राहीले सास्ती मात्र पाइरहेका छैनन्, सेवा लिन अस्पताल पुगेपनि रित्तो हात फर्कनुपर्ने अवस्था सिर्जना भएको छ ।

 

झापा दमकका किरण पाण्डे स्वास्थ्य बीमाको कार्ड लिएर दमक अस्पताल पुग्दा अचम्ममा पर्नुभयो । उहाँलाई स्वास्थ्य बीमानै नवीकरण नभएको जानकारी अस्पतालको काउन्टरमा बसेका कर्मचारीबाट आयो । उहा अचम्ममा पर्नुभयो । किनकी उहाले महिनौं अघि नवीकरणको रकम बुझाइसक्नुभएको थियो । तर, कर्मचारी अभाव देखाउदै नवीकरणको डाटा ईन्ट्रिनै नगरिदिएपछि उहाँले सास्ती भोग्नुपर्यो । आक्रोशित हुदै उहाँले सरकारले नागरिकलाई सेवा दिएको हो कि सास्ती दिएको भन्दै प्रश्न गर्नुभयो ।

यस बिषयमा बुझ्न स्वास्थ्य बीमा बोर्ड झापा जिल्ला सम्पर्क कार्यालय संयोजक लक्ष्मी कंडेललाई हामीले पटक पटक सम्पर्क गर्यौ । तर, उहाँको फोन उठेन । यस्तै कार्यालयको नम्बरमा पनि हामीले पटक पटक सम्पर्क गर्यो त्योपनि उठेन । यतिमात्रै होइन, बीमा कार्डको पछाडीपट्टी दिइएको टोल फ्रि नम्बरमा समेत हामीले सम्पर्कको प्रयास गर्यौ तर, त्यो टोल फ्रि नम्बरमा पनि सम्पर्क हुन सकेन ।

नागरिकलाई सेवा दिन भनेर बसेकाहरुले सेवाग्राहीकै पनि फोन समेत नउठाउने गरेको पीडित सेवाग्राहीहरुको गुनासो छ। यस बिषयमा सम्बन्धित सरोकारवालाको बेलैमा ध्यान पुग्न आवश्यक देखिन्छ । नत्र स्वास्थ्य बीमा कार्यक्रमपनि हात्ती आयो हात्ती आयो फुस्सा भनेझै मात्र नहोला भन्न सकिन्न ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नर्सहरुमा नैरास्यता, देशभीत्र अवसर र सम्मान छैन अनी नविदेशीएर के गर्ने ?

दमक, १४ कार्तिक । नर्स स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्ड हुन्। अस्पतालमा बिरामीको हेरचाह, उपचारमा सहयोग, औषधि व्यवस्थापन लागायेत हरेक कार्यमा नर्सको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

डुबान दमकको बसपार्क, यसले निकास पाउँदैन ?

दमक, १४ कार्तिक । दमक बसपार्क झापा जिल्लाको दमक नगरपालिकामा अवस्थित एक प्रमुख यातायात केन्द्र हो। यो बसपार्क पूर्वी नेपालका विभिन्न जिल्ला तथा प्रदेशहरूलाई जोड्ने

बिर्तामोडमा नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ

झापा,१४ कार्तिक । गोप्य सूचनाको आधारमा प्रहरीले बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्ट्यान्ड छेउको एउटा डेरामा छापा मार्दै नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाँउदै एन्जल फाउन्डेशन

दमक,१४ कार्तिक । नेपालमा रहेका अधिकांश मानिसहरु अहिले पायल्स,फिसर,फ्रिस्टुला जस्ता रोगहरुबाट ग्रषित छन् । यस खाले रोगहरु ढिला पत्ता लाग्ने र गोप्य ठाउँहरुमा हुने भएकाले

विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

  दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर

चक्रवात ‘मोन्था’ को प्रभाव : २ दिन सर्‍यो झापा महिला गोल्डकप

बिर्तामोड,  १४ कात्तिक । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।