स्वास्थ्य बिमामा बैमानी

झापामा कर्मचारी अभावले बीमित सेवाग्राहीको डाटा ईन्ट्रि नै भएन, भिडिओ रिपोर्ट

अस्पतालले बिरामीलाई मापदण्ड भित्र परेका औषधि नदिएको गुनासो सुनिन्छ । त्यतीमात्र होईन, झापामा भने कर्मचारी अभाबले बिमित सेवाग्राहीको डाटा ईन्ट्रिनै नभएपछि सेवाग्राहीले सास्ती मात्र पाईरहेका छैनन्,

दमक, ३, जेठ  । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा सेवाग्राहीले सुविधा भन्दा बढि सास्ती खेप्नु परिरहेको छ । स्वास्थ्य बीमा हरेक सेवाग्राहीका लागि नखाउ भने दिनभरीको शिकार खाउँ भने कान्छा बाउको अनुहार भनेझै भइरहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम मार्फत ५ जनासम्मको परिवारको ३ हजार ५ सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले १ लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ ।

बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ४ सय ४० अस्पताललाई सूचीकृत गरेको छ । ती अस्पतालमा उपचार बीमा लागू गरेका परिवारका सदस्यले वार्षिक १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार गराउँन पाउँछन । उक्त बीमाको प्याकेज अर्थात सुविधा थैली अनुसार अस्पतालले १ हजार १ सय ३३ प्रकारका औषधि उपलब्ध गर्नुपर्छ । तर, अस्पतालले बिरामीलाई मापदण्ड भित्र परेका औषधि नदिएको गुनासो सुनिन्छ । त्यतिमात्र होइन, झापामा भने कर्मचारी अभावले बिमित सेवाग्राहीको डाटा ईन्ट्रिनै नभएपछि सेवाग्राहीले सास्ती मात्र पाइरहेका छैनन्, सेवा लिन अस्पताल पुगेपनि रित्तो हात फर्कनुपर्ने अवस्था सिर्जना भएको छ ।

 

झापा दमकका किरण पाण्डे स्वास्थ्य बीमाको कार्ड लिएर दमक अस्पताल पुग्दा अचम्ममा पर्नुभयो । उहाँलाई स्वास्थ्य बीमानै नवीकरण नभएको जानकारी अस्पतालको काउन्टरमा बसेका कर्मचारीबाट आयो । उहा अचम्ममा पर्नुभयो । किनकी उहाले महिनौं अघि नवीकरणको रकम बुझाइसक्नुभएको थियो । तर, कर्मचारी अभाव देखाउदै नवीकरणको डाटा ईन्ट्रिनै नगरिदिएपछि उहाँले सास्ती भोग्नुपर्यो । आक्रोशित हुदै उहाँले सरकारले नागरिकलाई सेवा दिएको हो कि सास्ती दिएको भन्दै प्रश्न गर्नुभयो ।

यस बिषयमा बुझ्न स्वास्थ्य बीमा बोर्ड झापा जिल्ला सम्पर्क कार्यालय संयोजक लक्ष्मी कंडेललाई हामीले पटक पटक सम्पर्क गर्यौ । तर, उहाँको फोन उठेन । यस्तै कार्यालयको नम्बरमा पनि हामीले पटक पटक सम्पर्क गर्यो त्योपनि उठेन । यतिमात्रै होइन, बीमा कार्डको पछाडीपट्टी दिइएको टोल फ्रि नम्बरमा समेत हामीले सम्पर्कको प्रयास गर्यौ तर, त्यो टोल फ्रि नम्बरमा पनि सम्पर्क हुन सकेन ।

नागरिकलाई सेवा दिन भनेर बसेकाहरुले सेवाग्राहीकै पनि फोन समेत नउठाउने गरेको पीडित सेवाग्राहीहरुको गुनासो छ। यस बिषयमा सम्बन्धित सरोकारवालाको बेलैमा ध्यान पुग्न आवश्यक देखिन्छ । नत्र स्वास्थ्य बीमा कार्यक्रमपनि हात्ती आयो हात्ती आयो फुस्सा भनेझै मात्र नहोला भन्न सकिन्न ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा