एउटै भवनमा तीनवटा वडाका कार्यालय

 

 

 

 

बिर्तामोड — चन्द्रकला पकुवाल बिर्तामोड नगरपालिका–७ की कार्यवाहक वडा अध्यक्ष हुन् । वडावासीको सेवाका लागि उनी दैनिक कार्यालय जान्छिन् । तर, आफ्नो वडाको कार्यालय होइन, छिमेकी ८ र ९ को सिमानामा रहेको वडा कार्यालय भवनमा ।

गरामनी बजारस्थित वडा कार्यालय भवन बिर्तामोड–८ वा ९ नम्बर वडाको हो भन्ने विवाद छ । पकुवालले जबर्जस्ती त्यही कार्यालय भवनमा बसेर आफ्नो वडाको कामकारबाही गर्दै आइरहेकी छन् । स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सकिन अब साढे तीन महिना मात्र बाँकी छ । तर, बिर्तामोड नगरपालिकाले अहिलेसम्म वडा कार्यालय निर्माण गरिनसक्दा वडा ७, ८ र ९ संयुक्त वडा कार्यालय भवनबाट सेवा प्रदान गर्न बाध्य छन् ।

‘उहाँ (जनप्रतिनिधि) हरूलाई त सजिलै होला । तर, हामी वडावासीलाई गाह्रो भइरहेको छ,’ वडा ९ का प्रेमप्रसाद भण्डारीले गुनासो गरे, ‘आफ्नो वडाको जनप्रतिनिधि र वडा सचिव कुन कोठामा बसेका छन् भनेर एकछिन खोज्नुपर्छ । पढ्न नजान्ने वडावासीले त सबै कोठा चहारिसकेपछि मात्र पत्ता लगाउँछन् ।’ उनले संयुक्त वडा कार्यालय भवन तीनवटै वडाका बासिन्दाका लागि उपयुक्त स्थानमा नभएको बताए । ‘गाउँ–गाउँमा सिंहदरबार भनेको सुनेका थियौं । त्यसअनुसार त वडावासीको पायक पर्ने स्थानमा वडा कार्यालय भवन हुनुपर्ने हो,’ भण्डारीले भने, ‘तर, यो वडा कार्यालय भवन तीनवटै वडाका जनताका लागि अनुपयुक्त स्थानमा छ । ७ नम्बरका वडावासीले त आफ्नो वडा नाघेर आउनुपर्छ ।’

दुईतले वडा कार्यालय भवनको भुइँतलामा जनप्रतिनिधिहरू बस्छन् । माथिल्लो तलाको पाँचवटा कोठामा तीनवटै वडाका वडा सचिव तथा प्रशासनिक शाखाहरू छन् । कार्यालयमा गोप्य कोठा छैन । मेलमिलाप समितिको छुट्टै कोठा छैन । भुइँतलामा एउटा कोठा खाली राखिएको छ । त्यही कोठामा कुर्सी भेला पारेर तीनवटै वडाका मेलमिलाप समितिले आ–आफ्नो वडामा परेका समस्या समाधानका लागि छलफल गर्छन् ।

‘कहिलेकाहीँ त तीनवटै वडाको मेलमिलाप समितिको काम परिदिन्छ,’ ७ नम्बरकी कार्यवाहक वडाध्यक्ष पकुवालले भनिन्, ‘अनि त कोही बजारको सामुदायिक भवनमा, कोही बाहिर खुला ठाउँ खोजेर छलफल गर्नुपर्छ ।’ उनले वडा कार्यालय भवनका लागि नगरपालिकामा पटकपटक कुरा उठाएको बताइन् । ‘हजार पटक कुरा उठाएँ होला । तर, नगरपालिकाले चासो नै दिएन,’ उनले भनिन्, ‘बिजोगले वडावासीको काम गरिरहेका छौं । जनप्रतिनिधिको एउटा कोठा छ । वडा समितिको बैठक पनि यहीं बस्नुपर्छ । सेवाग्राहीलाई पनि यहींबाट सेवा दिनुपर्छ । दुई–चार जना डेलिगेसन आउँदा बसौं भन्ने अवस्था छैन ।’

स्थानीय तुलसी कडरियाले १५ कट्ठा १० धुर जमिन दान गरेपछि दुई महिनाअघि वडा ७ कार्यालय भवनको निर्माण कार्य सुरु भएको पकुवालले बताइन् । संयुक्त वडा कार्यालय भवन आफ्नो भूगोलभित्र रहेकाले अर्को भवन निर्माण नगरेको ९ नम्बर वडाकी वडाध्यक्ष पवित्रा पाठकको दाबी छ । ‘७ र ८ नम्बरले किन आ–आफ्नो वडा कार्यालय व्यवस्थापन नगरेको बुझ्न सकिएको छैन,’ उनले भनिन्, ‘एउटै भवनमा तीन वटा वडा कार्यालय रहँदा सेवाग्राही सधैं झुक्किन्छन् । ध्यान दिएर हेरिएन भने अर्को वडाको सेवाग्राहीको निवेदनमा तोक लगाएर पठाइन्छ ।’

८ नम्बरकी कार्यवाहक वडाध्यक्ष इन्दिरा पाण्डेले भने संयुक्त वडा कार्यालय भए पनि आफूहरूलाई कुनै असुविधा नभएको बताइन् । उनले काम गर्न सहज नै भएकाले छुट्टै वडा कार्यालय बनाउनेतर्फ नसोचेको बताइन् । ‘वडा कार्यालय भवन भएको जमिन ८ र ९ को आधा–आधा पर्छ भन्ने मैले सुनेको हो । तर, अहिले कता पर्छ थाहा भएन,’ उनले भनिन्, ‘फेरि काम गर्न गाह्रो पनि भएको छैन । किन चाहियो अर्को वडा कार्यालय ?’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो