मापसेपछि ट्राफिक लाग्यो लापसेतिर

पिसाब जाँच्दै कारबाही गर्दै

पिसाव चेकजाँचका क्रममा पोजेटिभ रिजल्ट आएका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिन्छ ।

दमक, ९ जेठ / मापसे अर्थात, मादकपदार्थ सेवन । ट्राफिक प्रहरीले मापसेमा त कारबाही गरिरहेको सुन्नुभएकै होला । अब, लापसे अर्थात लागुपदार्थ सेवन गर्नेमाथि पनि जाँच गरी कारबाही सुरु गरेको छ । गाँजा, चरेस, ट्याब्लेट लगायतका लागुपदार्थ सेवन गरेर यातायातका र माहवाहक साधन चलाउनेमाथि पनि झापामा ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ ।

 

झापाको दमकमा नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समितिले चालक तथा सहचालकको लागि स्वास्थ्य परीक्षण कार्यक्रम एवम् लागुऔषध सचेतनामूलक कार्यक्रम राखेको थियो । सो कार्यक्रममा चालकहरुलाई लापसे गरे/नगरेको चेकजाँच गरिएको थियो । सो क्रममा केही चालकले लागुऔषध सेवन गरी साधन चलाएको पाइएको छ । दमक अस्पतालसँगको सहकार्यमा चालकहरुको लापसे परीक्षण गरिएको थियो । बिगतमा पनि यसरी लापसे परीक्षण गर्दा केही चालकले लागुऔषध सेवन गरी साधन चलाएको पाइएको झापा ट्राफिक प्रमुख गणेश पौडेल बताउनुहुन्छ । पछिल्ला दिनहरुमा आएर भने यो संख्या घट्न थालेको उहाँको दाबी छ ।

 

किटको माध्यमबाट ल्याब टेक्निसियनले चालकको पिसाव चेक गर्ने र केही मिनेटभित्रै लापसे छ/छैन रिपोर्ट आउँछ । पिसाव चेकजाँचका क्रममा पोजेटिभ रिजल्ट आएका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिन्छ ।

 

इलाका प्रहरी कार्यालय दमक प्रमुख डीएसपी रामप्रसाद तिम्सिना पछिल्लो समय लागुऔषध सेवनकर्ता चालकका कारण दुर्घटनाको जोखिम उच्च भइरहेको बताउनुहुन्छ । सेवनकर्ताबाटै बिभिन्न अपराधिक घटनाहरु हुने गरेको उहाँको भनाइ छ ।

 

चालकले लापसे गरेर लापरबाही तरिकाले सवारी चलाउँदा दुर्घटना बढी हुने सम्भावना हुन्छ । सचेतनाका लागि नै लापसे चेकजाँचमा ट्राफिक प्रहरीलाई सघाएको नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समिति दमकका उपाध्यक्ष भिम पौडेलले जनाउनु भयो ।

 

लागुऔषध सेवनले सेवनकर्ताको शारीरिक तथा मानसिक स्थितिमा परिवर्तन ल्याउँछ । यसको सेवन गरेर साधन चलाउँदा दुर्घटनाको समेत जोखिम हुने भएकाले नशालु पदार्थ सेवन गरी साधन नचलाउन ट्राफिक प्रहरीले सबै चालकहरुलाई आग्रहपनि गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर