मापसेपछि ट्राफिक लाग्यो लापसेतिर

पिसाब जाँच्दै कारबाही गर्दै

पिसाव चेकजाँचका क्रममा पोजेटिभ रिजल्ट आएका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिन्छ ।

दमक, ९ जेठ / मापसे अर्थात, मादकपदार्थ सेवन । ट्राफिक प्रहरीले मापसेमा त कारबाही गरिरहेको सुन्नुभएकै होला । अब, लापसे अर्थात लागुपदार्थ सेवन गर्नेमाथि पनि जाँच गरी कारबाही सुरु गरेको छ । गाँजा, चरेस, ट्याब्लेट लगायतका लागुपदार्थ सेवन गरेर यातायातका र माहवाहक साधन चलाउनेमाथि पनि झापामा ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ ।

 

झापाको दमकमा नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समितिले चालक तथा सहचालकको लागि स्वास्थ्य परीक्षण कार्यक्रम एवम् लागुऔषध सचेतनामूलक कार्यक्रम राखेको थियो । सो कार्यक्रममा चालकहरुलाई लापसे गरे/नगरेको चेकजाँच गरिएको थियो । सो क्रममा केही चालकले लागुऔषध सेवन गरी साधन चलाएको पाइएको छ । दमक अस्पतालसँगको सहकार्यमा चालकहरुको लापसे परीक्षण गरिएको थियो । बिगतमा पनि यसरी लापसे परीक्षण गर्दा केही चालकले लागुऔषध सेवन गरी साधन चलाएको पाइएको झापा ट्राफिक प्रमुख गणेश पौडेल बताउनुहुन्छ । पछिल्ला दिनहरुमा आएर भने यो संख्या घट्न थालेको उहाँको दाबी छ ।

 

किटको माध्यमबाट ल्याब टेक्निसियनले चालकको पिसाव चेक गर्ने र केही मिनेटभित्रै लापसे छ/छैन रिपोर्ट आउँछ । पिसाव चेकजाँचका क्रममा पोजेटिभ रिजल्ट आएका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिन्छ ।

 

इलाका प्रहरी कार्यालय दमक प्रमुख डीएसपी रामप्रसाद तिम्सिना पछिल्लो समय लागुऔषध सेवनकर्ता चालकका कारण दुर्घटनाको जोखिम उच्च भइरहेको बताउनुहुन्छ । सेवनकर्ताबाटै बिभिन्न अपराधिक घटनाहरु हुने गरेको उहाँको भनाइ छ ।

 

चालकले लापसे गरेर लापरबाही तरिकाले सवारी चलाउँदा दुर्घटना बढी हुने सम्भावना हुन्छ । सचेतनाका लागि नै लापसे चेकजाँचमा ट्राफिक प्रहरीलाई सघाएको नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समिति दमकका उपाध्यक्ष भिम पौडेलले जनाउनु भयो ।

 

लागुऔषध सेवनले सेवनकर्ताको शारीरिक तथा मानसिक स्थितिमा परिवर्तन ल्याउँछ । यसको सेवन गरेर साधन चलाउँदा दुर्घटनाको समेत जोखिम हुने भएकाले नशालु पदार्थ सेवन गरी साधन नचलाउन ट्राफिक प्रहरीले सबै चालकहरुलाई आग्रहपनि गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ