दमकको आन्तरिक आयको अवस्था

१० महिनामा १५ करोड आम्दानी, लक्ष्य भेट्न अझै १४ करोड उठ्नु पर्ने

२ महिनामा १४ करोड बढी राजस्व संकलन कसरी सम्भव होला ?

दमक, १०, बैशाख –  झापाको दमक नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ को १० महिनामा आन्तरिक आय तर्फ १५ करोड ६२ लाख १६ हजार ६ सय ७२ रुपैया राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षमा नगरले आन्तरिक आय तर्फ २४ करोड ७७ लाख ८३  हजार ३ सय ६१ रुपैया संकलनको लक्ष्य लिएको छ ।

 

 

नगरले आर्थिक बर्षको पहिलो महिना साउनमा २ करोड ९३ लाख १३ हजार ६ सय ८६ रुपैया संकलन गरेको थियो । यस्तै भदौं महिनामा १ करोड १५ लाख ६३ हजार ५ सय २ रुपैया, असोजमा १ करोड ८८अठासी लाख ५४ हजार ३९ रुपैया, कार्तिक महिनामा १ करोड ७४ लाख २ सय ९४ रुपैया राजश्व संकलन गरेको छ । य

 

 

स्तै, मंसिर महिनामा १ करोड ८३ लाख ९८ हजार ६ सय ३२ रुपैया, पुसमा २ करोड १६ लाख ३७  हजार ९ सय ३८  रुपैया, माघ महिनामा १ करोड १२ लाख ७५ हजार ५ सय ५१ रुपैया रुपैया राजश्व उठाएको छ । यस्तै, फागुन महिनामा १ करोड २० लाख १० हजार ३ सय ८० रुपैया, चैत्र महिनामा १ करोड २५ लाख ८ हजार ३ सय ३८ रुपैया र बैशाख महिनामा १ करोड ५ लाख ८० हजार ३ सय १२ रुपैया राजश्व संकलन गरेको नगरपालिकाका राजश्व शाखाका प्रमुख डम्बर बरालले जानकारी दिनुभएको छ ।

 

 

नगरले लिएको लक्ष्य पुरा गर्न अब छोटो समय मात्रै बाँकी छ । जेठ र असार महिनामा भने ह्वात्तै राजश्व संकलन हुने भएकालेपनि नगरले लिएको लक्ष्य भेट्टाउन सकिने आधारहरु रहेको बरालले बताउनुभयो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा