दमकको आन्तरिक आयको अवस्था

१० महिनामा १५ करोड आम्दानी, लक्ष्य भेट्न अझै १४ करोड उठ्नु पर्ने

२ महिनामा १४ करोड बढी राजस्व संकलन कसरी सम्भव होला ?

दमक, १०, बैशाख –  झापाको दमक नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ को १० महिनामा आन्तरिक आय तर्फ १५ करोड ६२ लाख १६ हजार ६ सय ७२ रुपैया राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षमा नगरले आन्तरिक आय तर्फ २४ करोड ७७ लाख ८३  हजार ३ सय ६१ रुपैया संकलनको लक्ष्य लिएको छ ।

 

 

नगरले आर्थिक बर्षको पहिलो महिना साउनमा २ करोड ९३ लाख १३ हजार ६ सय ८६ रुपैया संकलन गरेको थियो । यस्तै भदौं महिनामा १ करोड १५ लाख ६३ हजार ५ सय २ रुपैया, असोजमा १ करोड ८८अठासी लाख ५४ हजार ३९ रुपैया, कार्तिक महिनामा १ करोड ७४ लाख २ सय ९४ रुपैया राजश्व संकलन गरेको छ । य

 

 

स्तै, मंसिर महिनामा १ करोड ८३ लाख ९८ हजार ६ सय ३२ रुपैया, पुसमा २ करोड १६ लाख ३७  हजार ९ सय ३८  रुपैया, माघ महिनामा १ करोड १२ लाख ७५ हजार ५ सय ५१ रुपैया रुपैया राजश्व उठाएको छ । यस्तै, फागुन महिनामा १ करोड २० लाख १० हजार ३ सय ८० रुपैया, चैत्र महिनामा १ करोड २५ लाख ८ हजार ३ सय ३८ रुपैया र बैशाख महिनामा १ करोड ५ लाख ८० हजार ३ सय १२ रुपैया राजश्व संकलन गरेको नगरपालिकाका राजश्व शाखाका प्रमुख डम्बर बरालले जानकारी दिनुभएको छ ।

 

 

नगरले लिएको लक्ष्य पुरा गर्न अब छोटो समय मात्रै बाँकी छ । जेठ र असार महिनामा भने ह्वात्तै राजश्व संकलन हुने भएकालेपनि नगरले लिएको लक्ष्य भेट्टाउन सकिने आधारहरु रहेको बरालले बताउनुभयो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर